लमजुङका ३ जना कोरोना मुक्त



शिक्षा पन्त, लमजुङ ।

लमजुङमा कोरोनालाई जितेर ३ जना घर फर्किएका छन् । जिल्लाका कूल संक्रमित १८ जना मध्ये ३ जना निको भएका हुन् ।

बेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना भएको ५ दिनमा उनीहरु कोरोनालाई जितेर घर फर्किएका हुन् । कोरोनालाई जितेर घर फर्कनेमा मध्यनेपाल नगरपालिका–६ ४२ बर्षका र वडा नं. ४ घर भएका २० बर्षीय पुरुष साथै बेसीसहर नगरपालिका ३ कि २१ बर्षीय महिललाले कोरोना निको भएर घर फर्किएका लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्