उकाली त्यो चढ्दै जाँदा



  • बैकुण्ठ दाहाल

उकाली त्यो चढ्दै जाँदा प्यास बढ्दै गयो ।
तिमी आको खबर सुन्दा थकान घट्दै गयो ।।

तिमी बिना उजाड यो जिन्दगी सुख्खा सुख्खा थियो ।
तिमि आयौ जीन्दगीमा हरियालि छायो ।।

जब साथमा प्यास मेट्यौ जिन्दगीको अर्थ लाग्यो ।
दु,ख पिडा डराएर खै कता पो भाग्यो ।।

लड्दै उठ्दै त्यो बाटोमा हिड्ने हामी यात्री ।
मन्द मुस्कान राम्रो छ रे भन्छन् सबले जाती ।।

क्या मिलेको जोडि भन्छन् राम्रो भयो साथी ।
हातेमालो गरि चढे पुगिन्छ है शिखर माथि ।।

प्रतिक्रिया दिनुहोस्