टेबल टेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी शाहीलाई



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले परिषद्का सदस्य सुदिल शाहीलाई राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रको जिम्मेवारी दिएको छ । राखेप सदस्य सचिव रमेश सिलवालले परिषद्का सदस्य शाहीलाई जिम्मेवारी सहितको पत्र दिनुभएको हो ।

टेबल टेनिस खेलको सम्मृद्धि र विकास प्रशिक्षण तथा प्रतियोगिता लगायत गतिविधि सञ्चालन तथा प्रशिक्षण केन्द्र लैनचौरको मर्मत सम्हार र निर्माण कार्यको रेखदेख र प्रवद्र्धन गर्नेगरी उहालाई जिम्मेवारी दिइएको हो । राखेपका सदस्य सचिव सिलवालले जिम्मेवारी सहितको पत्र बिहीबार हस्तान्तरण गर्नुभएको हो ।

करिब साढे ३ दशक देखि खेल जीवनमा प्रवेश गरेका शाही पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) खेल प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएको छ । प्रचण्डका खेलकुदको गुरु भनेर चिनिएका शाहीले साढे ४ वर्षदेखि प्रचण्डलाई टेबलटेनिस सिकाउदै आउनुभएको छ ।

१५ वर्ष राष्ट्रिय तथा अन्तराष्ट्र्रिय खेलाडीको रुपमा दर्जनौ विद्यालय तथा संघ संस्थामा आबद्ध रहेर खेल र खेलकुद क्षेत्रको विस्तार मा लाग्दै आउनुभएकोछ ।

जिम्मेवारी पाउनुभएका शाही नेशनल स्पोट्र्ट सोसाइटी र ललितपुर जिल्ला टेबलटेनिस एसोशियसनका अध्यक्ष हुनुहुन्छ ।

ब्रिटिस, सेन्ट मेरिज, ल्याबरेटरी युलेन्स लगायत स्कुल र विभिन्न क्षेत्रमा टेबलटेनिस प्रशिक्षकको रुपमा काम गर्दै आउनुभएका शाहीले सो जिम्मेवारी पाएपछि टेबल टेनिस खेललाई थप उचाइमा पु¥याउने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्