आफ्नै श्रीमतीको हत्या



काठमाडौं, (नेस)

काठमाडौंको टोखामा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

टोखा नगरपालिका–३ बानियाटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा बिहीबार बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बुधबार राति करिब १ बजेको समयमा विवाद हुँदा उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको र शव परीक्षणका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्