चिनियाँ प्रायोजक भर्सेस भारतीय क्रिकेट



नयाँ दिल्ली, (एजेन्सी) । 

अहिले भारत र चीनबीच मनमुटाव बढिरहेको छ । लद्दाखमा दुबै राष्ट्रका सेनाबीच लडाई समेत भएको अवस्था छ । भारतीय क्रिकेट कंट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) प्रायोजनको समीक्षा गर्ने निर्णय गरेको छ ।

बोर्डले ट्वीट गरेको छ कि चीनियाँ सेनासँग लद्दाखमा भएको हिंसक झडपमा भारतीय जवानहरु सहिद भएका छन् । यसलाई ध्यानमा राखेर आईपीएलको गभर्निङ काउन्सिलले अर्को साता लिगको प्रायोजन सम्झौताको समीक्षाको लागि जरुरी बैठक बोलाएको हो ।
यसमा स्मार्टफोन उत्पादन चीनियाँ कम्पनी भीभोसँग भएको सम्झौताबारे फैसला हुन सक्नेछ । आईपीएलको शीर्षक प्रायोजक भीभोले बोर्डलाई हरेक वर्ष ४४० करोड भारु दिएको हुन्छ । भीभो र आईपी ५ वर्षको सम्झौता २०२२ मा सम्म रहेको छ ।

भीभोको अलावा मोबाईल पेमन्ट सेवा पेटीएम पनि आईपीएलको प्रायोजन सम्झौताको हिस्सा हो । यो कम्पनीमा पनि चीनकै कम्पनी अलीबाबाले लगानी गरेको छ । पेटीएममा अलीबाबाको हिस्सा ३७.१५ प्रतिशत छ ।

यस्तै चीनको भिडियो गेम कम्पनी टेनसेन्टको स्वीडी र ड इसके अलावा चीन की वीडियो गेम कंपनी टेनसेंट का स्वीगी और ड्रीम–११ मा ५.२७ प्रतिशतको हिस्सेदारी रहेको छ । यी सबै चीनिया कम्पनी बीसीसीआईको प्रायोजक हुन् ।

भारतीय क्रिकेट टोलीको जर्सी प्रायोजक बायजू पनि चीनको कम्पनी टेनसेन्टको हिस्सेदारी रहेको छ । बायजूले गत वर्ष मात्रै बीसीसीआईसँग ५ वर्षको लागि सम्झौता गरेको थियो । यो सम्झौतासँगैं बायजुले बोर्डलाई १०७९ करोड भारु दिनेछ । भारतीय संचारमाध्यमको अनुसार आगामी बस्ने बैठकमा निर्णय हुनेछ कि भीभोसँग २०२२ सम्म सम्झौता राख्ने कि हालको घटना हेरेर बीचैमा सम्झौता रद्द गर्ने ।

चीनको लगानी भारतीय खेलकुदमा धेरै भइरहेको छ । तर बीसीसीआईका कोषाध्यक्ष अरुण धुमलले बताए कि भीभोसँग प्रायोजनले रकम भारतमै आएको छ । उनका अनुसार रकम चीनमा गएको छैन । उनले चीनीया कम्पनीको लाभलाई ध्यानमा राख्ने र चिनीया कम्पनीमार्फत् देशको हित हुनेमा धेरै फरक भएको बताए ।

धुमलले चीनियाँ कम्पनीहरुले भारतमा आफ्नो उत्पादन बेचेर पैसा कमाएको बताए । उनले चिनियाँ कम्पनीले गर्ने ब्रान्ड प्रमोशनमार्फत् बीसीसीआईलाई ठूलो रकम प्राप्त भएकोले पनि भारतलाई फाइदा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्