प्रकृतिको विनाश हाम्रो विनाश



प्रकृतिविरुद्ध जाँदा त्यही प्रकृति मानवको प्रतिकूल भइदिन्छ । यसले गर्दा मानवस्वास्थ्यमा असर पर्नुका साथै अनेक दुःख–कष्ट आइपर्छ । प्रकृति हाम्रो दास होइन तर हामीलाई हुर्काउँदै अघि डो¥याउने अविभावक हो । भलो चाहने अविभावकले हठी सन्ततीलाई उपयुक्त अनुशासनको प्रयोगद्वारा सच्याउने अभिभारा पनि इमानदारीपूर्वक निभाउँछ । यसकारण हाम्रो संस्कारले सिकाएको नैतिकताको आधारमा हामीले प्रकृतिको कदर, वास्ता र रेखदेख गर्नुपर्दछ ।
हामीले प्रकृतिको चालमा चाल मिलाएर सँगसँगै हिँडनुपर्दछ, न कि यसलाई उछिन्ने महत्वाकांक्षामा यसको अति दोहन गर्ने । प्राकृतिक ठहरको गतिलाई बेवास्ता गर्दै लालची महत्वाकांक्षाको पासोमा झुन्डिएर द्रूत उन्नतिको चोरबाटो छिर्नेहरु कसैले पनि दिगोपनको दूरगामी उन्नति हासिल गर्न सक्दैन । जीवनादाताले हामीलाई सुख–शान्तिको जीवन प्राप्त हुन सकोस् भनेर स्थापित गरिदिएको हो प्राकृतिक व्यवस्था । त्यसैले प्राकृतिक व्यवस्थाअनुरुप हामीले चल्नुपर्छ । यो कोरोनाका महामारी पनि शायद हामी प्रकृतिविरुद्ध गएर उत्पन्न भएको हुन सक्छ । यस्ता महामारी मात्र नभएर मानव अनुकूलको वातावरण नै हराउन सक्ने भएकाले प्रकृतिविरुद्ध कसैले पनि नजाऔं ।
– संगम कार्की (विद्यार्थी), ओखलढुंगा ।

प्रतिक्रिया दिनुहोस्