मोयाले ढाँट्यो



गायक विक्रम राना र गायिका सहिमा श्रेष्ठद्वारा स्वरबद्व नयाँ गीत मोयाले ढाँट्यो मोयाले म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। गीतमा मायालाई मोया भनिएको छ।

विक्रम रसहिमाले फरक शैलीको गीत गाउने क्रममा मोयाले सांगीतिक बजारमा ल्याएका हुन्। संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन्।

सार्वजनिक म्युजिक भिडियोलाई छायाकार अर्जुन तिवारीले छायांकन गरेका छन् भने निर्देशक शिव विकले निर्देशन गरेका छन्। भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरलाई फिचर्ड गरिएको छ।

प्रतिक्रिया दिनुहोस्