एन्थोनीको ह्याट्रिकमा म्यानचेस्टरको सहज जित



लन्डन, एजेन्सी ।

एन्थोनी मार्सियलले ह्याट्रिक गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सहज जित आत्मसात गरेको छ ।

इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टरले सेफिल्ड युनाइटेडलाई ३-० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान ओल्ड ट्राफर्डमा युनाइटेडले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । मार्कस रासफर्डको क्रसलाई मार्सियलले गोल गरेका थिए ।

खेलको ४४ औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गरे । आरोन वान बिस्साकाले दिएको पासलाई मार्सियलले गोलमा परिणत गरे । पहिलो हाफमा २-० को अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा एक गोल थप्यो ।

खेलको ७४ औं मिनेटमा युनाइटेडले तेस्रो गोल गर्दा मार्सियलले ह्याट्रिक पूरा गरे । उनले रासफार्डको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए । मार्सियल सन् २०१३ मा रोबिन भान पर्सीपछि युनाइटेडबाट ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् । जितसँगै युनाइटेड अंक तालिकाको पाँचौ स्थानमा यथावत रहेको छ । म्यानचेस्टर टोलीले ३१ खेलमा ४९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्