बेसारे सन्देश र नबुझेको एमसीसी



  • बालकृष्ण मैनाली

पछिल्लो पटक प्रधानमन्त्रीबाट भएका दुई अभिव्यक्ति विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र आलेखहरुमा राम्रै स्थान ग्रहण गर्न पुगे । पहिलो– कोरोना नियन्त्रणको लागि बेसारको प्रयोगले खेल्ने भूमिकाबारे टिप्पणी र दोस्रो– एमसीसीबारे जनजनमा भएको अज्ञानताबारे भएको टिप्पणी । बेसारे सन्देशबारे सामाजिक सञ्जालमा यतिसम्म सूचना प्रवाह गर्ने काम भयो कि सेतो कमिज–सुरुवालमा सजिएर प्रधानमन्त्रीज्यू बेसार बेच्न बस्नुभएको छ । कमिज बेसारै बेसारले पँहेलपुर भएको छ ।

कोरोना नामक शत्रुलाई आफ्नो कारणले विश्वकै मानवको ज्यान गइरहेको विषयले किञ्चित छोएको छैन । यस शत्रुलाई कहिले मानवले पराजित गरिछाड्ने हो ? त्यसको अहिलेसम्म खासै टुंगो लागेको छैन । तथापि सत्य यो हो कि यो लडाइँमा मानवको नै विजय सुनिश्चित छ ।

बेला–बेलामा मात्र होइन, प्रायः हरेक विषयवस्तुमा प्रधानमन्त्रीबाट हुने टीकाटिप्पणीमा कतै न कतै यस्ता बाक्य वा शब्दहरुले प्रवेश भएका वा पाएका हुन्छन् वा जानी नजानी गराइएका हुन्छन्, जुन शब्द वा वाक्यविरुद्ध सामाजिक सञ्जाललगायन विभिन्न सञ्चारमाध्यममा टीकाटिप्पणी तथा आलेखहरु धाराप्रवाह सार्वजनिक भैहाल्छन् । कतिपय उहाँकै वरपर रहनेहरुले पनि कम्तीमा यो वाक्य वा शब्द नबोलिदिए हुन्थ्यो या नभनिदिए हुन्थ्यो भन्ने सदासयताका लागि आफूले मनपराएको भगवानलाई पनि प्रार्थना गर्दा होलान् । तैपनि प्रधानमन्त्रीज्यूको मुखबाट त्यस्ता शब्द वा वाक्यहरु निस्किछाड्छन् ।

यो विषयलाई लिएर जनजन पनि अभ्यस्त भैसकेका छन् र प्रधानमन्त्री स्वयंको पनि जनजनसँग अन्तरसम्बन्ध कायम भैसकेको छ । एकातिर प्रधानमन्त्रीज्यू स्वयंलाई पनि आफूले व्यक्त गरेको विचार वा टीकाटिप्पणीमा केही खास त्यस्ता कुरा परेनन् भन्ने लाग्न गयो भने उहाँलाई पनि आफैंले गरेको टीकाटिप्पणी त्यति स्वाद नपरेको महसुस लाग्ने भैसक्यो । अर्कोतिर उहाँको कुनै पनि टिप्पणीको साथमा एक वा बहुशब्द वा वाक्य भए पनि ठट्यौले पाराको टिप्पणी वा अभिव्यक्ति पर्न छुटेको महसुस हुन पुग्यो भने जनजनलाई पनि खल्लो अनुभूति लाग्न थाल्ने बानी परिसकेको छ ।

पछिल्लो पटक प्रधानमन्त्रीबाट भएका दुई अभिव्यक्ति विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल र आलेखहरुमा राम्रै स्थान ग्रहण गर्न पुगे । पहिलो– कोरोना नियन्त्रणको लागि बेसारको प्रयोगले खेल्ने भूमिकाबारे टिप्पणी र दोस्रो– एमसीसीबारे जनजनमा भएको अज्ञानताबारे भएको टिप्पणी । बेसारे सन्देशबारे सामाजिक सञ्जालमा यतिसम्म सूचना प्रवाह गर्ने काम भयो कि सेतो कमिज–सुरुवालमा सजिएर प्रधानमन्त्रीज्यू बेसार बेच्न बस्नुभएको छ । कमिज बेसारै बेसारले पँहेलपुर भएको छ ।

अनि त्यस्तै एउटा राष्ट्रिय दैनिकमा अजंगको कोरोनाले लखेट्न थालेपछि प्रधानमन्त्रीज्यूले बेसारको अर्डर गर्नुभएको छ भने बेसार बिक्रीकर्ताले कति अर्बको ल्याऊँ भन्दै प्रधानमन्त्रीलाई उल्टो प्रतिप्रश्न गरिएको कार्टुन पनि सार्वजनिक भएको छ । निःसन्देह वास्तवमै वर्तमानमा कोरोना संक्रमण न्यूनीकरणको लागि खर्च भएको भनिएको पहिला १० अर्ब अनि पछि जनदबाबपश्चात् संकलन भएको सूचनाको आधारमा ८ अर्ब भनी सार्वजनिक गरिएको कुराप्रति नै लक्षित छन् यी दुवै कार्टुन ।
किन प्रधानमन्त्री वास्तवमा भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिन सकिराख्नुभएको छैन ? किन जनस्तरमै त्यति व्यापकरुपमा आलोचना हँदा पनि हरेक विषयलाई हलुकारुपमा लिने प्रयास गरिरहनुभएको छ ? भन्ने कुरा जनजनले अभैm बुझ्न सकिरहेका छैनन् । पक्कै हो, तातो पानी र बेसारले रुघाखोकीलाई नियन्त्रणमा लिन सघाउ पु¥याउँछ । तर यसको अर्थ तातो पानी र बेसारले कोरोना संक्रमणको लागि भएको अपारदर्शी खर्चलगायत अन्य विविध क्षेत्रमा भएको अपारदर्शी खर्चहरुका बारेमा पनि सबै मौन बस्नुपर्छ, मैले जे भनें÷गरें सबै जनजन विश्वस्त÷ढुक्क हुनुपर्छ र भएका छन् भन्ने अर्थ लगाइनुहुन्न । यदि प्रधानमन्त्री यस्ता कुरालाई लिएर पूरै विश्वस्त हुनुभएको छ भने उहाँले भूलमाथि भूल गर्दै हुनुहुन्छ ।
कोरोना संक्रमणकालमा पनि नछोडिएको र अलि नसुस्ताएको अर्को विषय भनेको एमसीसी हो । विभिन्न सरकारको पालामा र विभिन्न सरकारका घटकहरुले त्यो बेलादेखि अर्थात् एमसीसीले जुन बेला नेपालमा प्रवेश गर्ने जमर्को ग¥यो त्यति बेलादेखि वर्तमानसम्म आइपुग्दा पहिले भन्दा पनि अहिले यो विषयले राम्रैसँग चर्चा पायो । किन यो विषयले उति बेला अर्थात् प्रवेशका बेला यस्तो किसिमको चर्चा प्राप्त गर्न सकेन अनि अहिलेको विषम परिस्थितिलाई ओझेलमा राखेर भए पनि एककदम अगाडि बढेर यसको चर्चालाई शिखरमा पु¥याइँदै छ भन्ने कुराको चुरो जनजनले अभैm बुझिसकेका छैनन् ।
यो विषयले संसद्मा पनि राम्रै चर्चा पाएको छ । जस्ताको तस्तै लागू गर्न हुने कि नहुने भन्नेबारे समितिसमेत गठन भइसकेर प्रतिवेदन पनि आइसकेको छ । संशोधन नगरी जस्ताको तस्तै पास गरे देशको हितमा छैन भन्ने खालका प्रतिवेदनका अंशहरु पनि सार्वजनिक भैसकेका छन् । विडम्बना ! सरकार यसलाई पास गर्न मरिहत्ते गरेर लागेको देखिन्छ भने प्रतिपक्षचाहिँ सरकारभन्दा पनि पाँच कदम अगाडि सरेर जस्ताको तस्तै पास गर्न सरकारलाई दबाब दिइरहेको छ । थरी–थरीका विद्वान्हरु पक्ष र विपक्षमा ध्रुवीकृत हुन पुगेका छन् । एमसीसीको पक्ष र विपक्षमा ध्रुवीकृत हुन पुगेका ठूलाठालुलाई देखेर जनजनमा थप आशंकाको बादलले घर गर्न पुगेको छ । के गरौं या नगरौंकोे संघारमा जनजन पुगेका छन् । प्रधानमन्त्री पक्षधरका थुप्रै बुद्धिजीवीसमेतले जस्ताको तस्तै पास गरिनुहुँदैन भन्दै एउटा कम्पनीसँग एउटा परियोजनाको लागि समान साझेदारी भूमिका निभाउने सवालमा संसद्बाटै कानुनसरह पारित गर्नुपर्ने बाध्यता सरकारलाई किन प¥यो भन्ने कुरा न त सरकार जवाफ दिन्छ, न त यसका पक्षधरहरु जनजनलाई आश्वस्त पार्न सक्छन् ।
एमसीसीको विषयलाई लिएर जनजनले आशंका व्यक्त गरिरहेको बेला प्रधानमन्त्रीले हालै आफ्नो पछिल्लो सम्बोधनमा भन्नुभयो, ‘हल्ला चलाएका छन् । पढ्न अल्छी लाग्छ कि क्या हो ? एमसीसी पढेका मान्छे मैले त्यत्ति भेटिन । एमसीसी सम्झौता खोजी ल्याएर पढे हुन्छ । पढ्नेभन्दा हल्लाका भरमा कुद्ने र जसरी भए पनि विरोध गर्न पाए भयो भन्ने कस्तो चिन्तन ? खुट्टाले टेकेर हिँडन छोडेर टाउकोले टेकी खुट्टा ठाडा पारेर हिँड्ने अभ्यास गर्न किन जरुरी छ ? खुट्टैले टेकेर हिँड्नुपर्छ । खुट्टाले टेकेर हिँड्ने भनेको जे त्यसमा प्रबन्ध छ, त्यो प्रबन्ध पढेर ठीक–बेठिक यहाँ–यहाँ छ भनेर भन्नु हो । लहै–लहैमा लौ अमेरिकी सेना आउनेभो रे ! कहाँ पढछन्, के पढछन् ? अचम्म लाग्छ मलाई । कागले कान लग्यो भन्दाखेरि छाम्नुप¥यो नि कान छ कि छैन भनेर । त्यसै लहै–लहैमा कुदने ? यो प्रवृत्ति बडा अचम्म लाग्छ मलाई ।’
यत्ति कुरा भन्ने प्रधानमन्त्रीले आफ्नै दलको अर्का अध्यक्षले संशोधन नगरी पारित गर्न हुन्न भनेको कुरा अनि आफ्नै दलका नेतासमेत रहेको समितिले जस्ताको तस्तै अवस्थामा कुनै पनि हालतमा पारित गर्न हुन्न भनेर दिएको प्रतिवेदनका बारेमा चुइँक्कै बोल्नुहुन्न । त्यति मात्र होइन, प्रा.डा. युवराज संग्रौला जो प्रधानमन्त्रीलाई निकै माया गर्नुहुन्छ, उहाँले समेत एमसीसीमा अंग्रेजीका यस्ता–यस्ता शब्दहरु छन् जुन शब्दहरु मै पनि बुझ्दिन भन्दै जस्ताको तस्तै पारित गर्न नहुने भन्ने कुरालाई सार्वजनिकरुपमै प्रस्ट्याउनुभएको छ । प्रधानमन्त्रीका माथि अभिव्यक्त भनाइले यी कुरालाई कतै सम्बोधन गरेको देखिँदैन ।
प्रधानमन्त्रीलाई अवसर छ यसलाई सच्याउन । प्रधानमन्त्रीज्यू, तपाईंलाई दबाब छ र अप्ठ्यारोमा पार्न खोजेका छन् भन्ने कुराको अनुभूति भएको छ भने ल्याउनुहोस् एउटा छुट्टै विधयेक वा संशोधन विधयेक । जसमा ‘विकासको नाउँमा सञ्चालन गरिने कुनै पनि परियोजनाको विषयलाई लिएर तयार भएको वा गरिएको सम्झौतालाई संसद्मा प्रवेश गराइने छैन वा भूलवश गराइएको भए तापनि संसद्ले त्यसमा छलफल र अनुमोदन गर्नेछैन’ भन्ने विधयेक पारित गराउनुहोस् । जनताको साथ रहनेछ तपाईंलाई ।
‘कहीँ नभएको जात्रा हाँडिगाउँ’ मा भनेजस्तै एउटा कम्पनीसँग विकासको नाउँमा गरिने सामान्य साझेदारी कामको विषयलाई लिएर संसद्लाई बन्धक बनाउने कार्यमा लागिपर्नु त्यति शोभनीय मानिदैन । जनमतलाई अलिकति पनि माया गर्ने संसद्हरु हुनुहुन्छ भने कृपया यो विषयलाई संसद्मा प्रवेश नै नदिनु उपयुक्त ठहरिनेछ । यदि प्रवेश दिएर यो वा त्यो नाउँमा संसद्बाटै यसलाई अनुमोदन गराएर पारित गराउने काम हुन्छ भने भोलि कुनै एउटा अन्य देशको गैरसरकारी संस्था वा कम्पनीले आफूले गर्ने काम पनि संसद्बाट पारित गराइनुपर्दछ र हुनुपर्दछ भन्यो भने राष्ट्रलाई जवाफ दिने बाटो हराउँछ । जसरी महाकाली सन्धिमा फस्नाले वर्तमानमा आफ्नो भूमि नक्सामा राखिँदा पनि समस्या ज्यूँका त्यूँ रहन पुगेको छ । त्यसै गरी सामान्य विकाससम्बन्धी काम गर्ने साझेदारी सम्झौतालाई संसद्बाट पारित गराउने कार्य हुन पुग्यो भने त्यस्तै थप समस्या भविष्यमा विकराल भएर देखिन सक्छ ।
अतः कुनै पनि अर्थमा देशको प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसीन व्यक्तित्वबाट कुनै पनि विषयलाई लिएर सामान्यतया हल्का टिप्पणी प्रस्तुत गरिनु वा हुन पुग्नु किञ्चित शोभनीय मानिदैन । समय परिस्थिति र अवस्थाले वर्तमान प्रधानमन्त्रीलाई अभैm झन्डै अढाइ वर्ष शासन गर्ने अवसर प्रदान गरिरहेको छ । आफ्ना त्रुटिहरु सच्याउँदै देश र जनताका वास्तविक समस्यालाई सार्थक र अर्थपूर्णरुपमा सम्बोधन गर्न सके यो भन्दा अगाडि र कालखण्डमा भएका त्रुटिहरुलाई सच्याउने प्रयासमा भूमिका खेलेको भन्ने अर्थमा जनजनले बुझ्ने प्रयास गर्नेछन् । अन्यथा जे–जस्तोसुकै नाम भजाएर सत्तामा पुगेका र पुग्ने जोसुकैलाई पनि जनजनले हेर्ने भनेको ‘जुन जोगी आए पनि कानै चिरेका’ को परिभाषाभित्रै राखेर हेर्ने हो ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्