दाह्रीवालहरु मज्जाले मुक्का खान्छन् !



जेनेभा,(एजेन्सी)
अनुहार दाह्री-जुंगा पलाउने पुरुषहरले महिलाहरुको यौनिक आकर्ष जित्न मात्र नभई आत्मविश्वास वृद्धि गर्नका लागि पनि तिनलाई पाल्ने गरेको रहस्य हालै स्विजरल्यान्डमा गरिएको एक अनुसन्धानबाट पत्ता लागेको छ ।

इन्टिग्रेटिभ अर्गनाइजेसनल बायालोजी नामक जर्नलमा प्रकासित नयाँ अध्यन प्रतिवेदनमा अनुहार दाह्री-जुंगा बढाउँदा झगडालु पुरुषमा टाउकोमा प्रहार हुने मुक्का राम्ररी सामना गर्न सक्ने उल्लेख गरिएको छ ।

सोही अनुसन्धान टोलिका जीवशास्त्री एथान बेसरिज , स्टेभन नेलवे र डेविड क्यारियरका अनुसार विभिन्न अनुसन्धान परियाजनाको क्रममा पुरुषहरुको मुक्का थाम्ने क्षमता र तिनीहरुको हतियारका रुपमा आफ्नै हात प्रयोग गर्ने प्रभाबकारिताबारे सुक्ष्म अध्ययन गरिएको हो । तिनीहरुले मानव खोपडीहरुमा रौं भएको र नभएको भेडाको छाला बेरेर तिमा मुक्का हानेर पनि प्रयोग गरेका हुन् ।

बैज्ञानिकहरुले दाह्रीवाल पुरुषहरुको मुक्का खप्ने बल १६ र त्यसबाट प्राप्त हुने शक्ति ३७ प्रतिशतले वृद्धि हुने गरेको बताएका छन् । तिनीहरले सिंह र बाँदरमा पनि दाह्रीले यस्तै भुमिका निभाउने निक्र्यौल गरेका छन् ।

त्यसैगरी कुकुरको भुत्ला मात्र १३ तर मानव दाह्रीमा ३९ प्रतिशत हानीकारक ब्याक्टेरिया हुने गरेको पनि नयाँ स्विस अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्