बलिउडको म्युजिक भिडियोमा नेपाली सभ्यता



न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कलाकार र मोडलको पहुँच बलिउडसम्म पुग्न थालेको छ। केही नेपाली कलाकार र मोडल बलिउडका फिल्म र म्युजिक भिडियोमा देखिँदै आएका छन्। यसै क्रममा नेपाली चेली सभ्यता गिरी पनि बलिउड म्युजिक भिडियोमा देखिएकी छिन्।

नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउँदै आएकी कलाकार सभ्यता गिरी हिन्दी गीतको म्युजिक भिडियोमा देखिएकी हुन्। पसन्द आया बोलको गीतको म्युजिक भिडियोमा सभ्यताको मनमोहक अभिनय हेर्न सकिन्छ ।

नेपाली कलाकारिता क्षेत्रमा आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी सम्भयताले भारतमा पनि कलाकारितामार्फत् चर्चा कमाइरहेकी छिन्। सो म्युजिक भिडियोमा सभ्यताले भुषण पटेलका साथ अन स्क्रिन रोमान्स गरेकी छिन्।

ए आर प्रोडक्सनको निर्माणमा बनेको म्युजिक भिडियो अजित गाडेले कोरियोग्रफ गरेका छन्। प्रतिभा शर्माको स्वर तथा विपिन दासको शब्द र संगित रहेको गीतको म्युजिक भिडियो आनन्द राउतले निर्देशन गरेका छन्। गीत भारतको ख्यातिप्राप्त म्युजिक कम्पनी जी म्युजिकले सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनुहोस्