विज्ञ छोडेर आसेपासेको सहारामा सरकार



रमेशकेशरी वैद्य

आजभोलि कोभिड–१९ भाइरसको महामारीले गर्दा संसारकै खराब दिन आइरहेको छ । तैपनि यो महामारीले गर्दा समाजले एउटा शिक्षा भने पक्कै पाएको छ । त्यो शिक्षा हो– स्वार्थी र घमण्ड भनेको केही होइन, यस बेला एक–अर्कालाई सहयोग गरेर अघि बढ्नुुपर्छ ।

यतिखेर यस महामारीका कारण मानिसका लक्ष्य, चाहना, कार्य एवं मुलुकको विकाससमेत पछि धकेलिएको छ । त्यसमाथि मुलुकमा धेरै विलासी नेताहरु हुनुु, विज्ञ तथा बुद्धिजीवीहरुको कदर नहुनु तथा जनता अनभिज्ञ हुनु यो देशको ठूलो अभिशाप हो । यी सब कुरालाई हाम्रो देशको दुर्भाग्य नै मान्न सकिन्छ ।

यस घडीमा विज्ञहरुले राजनीतिप्रति इच्छाशक्ति जगाउनुुपर्छ । यसले गर्दा खराब संस्कारको अन्त्य हँुदै जानेछ । गणतन्त्र ल्याउने नेताहरुले पनि परिवर्तन भई यस्ता व्यक्तिहरुलाई साथ दिनुपर्दछ । खाली आसेपासे र कार्यकर्तालाई मात्र अँगाल्ने हो भने मुलुकको अवस्था सधैँ यस्तै हुनेछ ।

हरेक सिक्काका दुई पाटा भएझैँ देश विकासका पनि दुई भाग हुन्छन् । कसैले यो देशमा विकास भइराखेको देख्छ भने कसैले देख्दैन । जसले देख्दैनन् ती व्यक्ति सरकारप्रति नकारात्मक हुन बाध्य हुन्छन् । त्यति बेला उनीहरु आफ्नो काबुुमा हुँदैनन्, जसले गर्दा सरकार, नेता, कर्मचारी आदिलाई गाली गर्न पुग्छन् ।

यस्तो गालीले समाज र सरकारका लागि शिक्षाको काम गरिरहेको हुन्छ । तर कहिलेकाहीँ यस्तो गालीमा ब्रेक लगाउनुुपरिराखेको हुन्छ । कारण यस प्रकारको गाली, खण्डन, आलोचनाले आपसमा मनमुटाव भइराखेको हुन्छ, यसले कसैलाई फाइदा हुँदैन ।

वास्तवमा नेताहरुलाई सम्मान गर्ने र यिनीहरुको पछि लाग्ने जति हुन्छन्, यिनीहरुलाई घृणा गर्ने, हात हाल्ने, गाली गर्नेहरु पनि उत्ति नै हुन्छन् । यस्तो बेला मुलुकको अवस्थालाई हेरेर हामीले निष्पक्ष फैसला गर्ने हो । तर यो देशको आश्चर्य भनेको नेता, कार्यकर्ता, कर्मचारी, उद्योग व्यवसायी जसलाई राष्ट्रका अगुवा भनिन्छ, उनीहरुमा राष्ट्रप्रति असली माया छैन । अन्यथा आज हाम्रो मुलुक पनि एसियामा अरुसरह हुन्थ्यो होला । यो मुलुक जलविद्युत्, कृषि, पर्यटन आदिका लागि सुवर्ण भूमि हो तर स्वार्थ, कमिसनको चक्र र भिजनको कमीले गर्दा यी कुरा सधैँ अलपत्र भएर अल्झिराखेका छन् । प्राय देश चलाउनेहरु ‘फ्लप’ भइराख्नुको कारण यो पनि हो ।

यो देशमा बुद्धिजीवी र विज्ञहरुको कमी छैन । तर विडम्बना ! उनीहरु अगाडि सरेको देखिँदैन । कुर्सी ओगटेर बसेका ठूलो ओहदाका व्यक्तिहरु पनि आफ्ना आसेपासेलाई छोडेर यस्ता बुद्धिजीवी, विज्ञहरुलाई लिन चाहँदैनन् । सरकारमा रहेकाहरुको यही रबैया मुलुकका लागि घातक भएको छ ।

यो देशमा बुद्धिजीवी र विज्ञहरुको कमी छैन । तर विडम्बना ! उनीहरु अगाडि सरेको देखिँदैन । कुर्सी ओगटेर बसेका ठूलो ओहदाका व्यक्तिहरु पनि आफ्ना आसेपासेलाई छोडेर यस्ता बुद्धिजीवी, विज्ञहरुलाई लिन चाहँदैनन् । सरकारमा रहेकाहरुको यही रबैया मुलुकका लागि घातक भएको छ । अहिले मुलुकको सुस्त विकासलाई हेर्दा देश चलाउने व्यक्ति तथा नेपाली समाज सजग हुनै पर्दछ । भ्रष्टाचार, सिन्डिकेट, इच्छाशक्तिहीन आदि देश विकासका बाधक हुन् । यसैले समाज अनभिज्ञ नभई सक्षम हुनु जरुरी छ । रकम भएर पनि विकास हुन सकेको छैन । अर्थात् सेफमा पैसा छ तर साँचो नभएको जस्तो अवस्था छ ।

यो देशमा एउटा खट्किएको कुरा के छ भने, ठूलो कुर्सी हस्तान्तरण गर्दा आफ्नै जातको हुनुपर्ने, आफ्नो मनपरेकै मान्छे हुनुपर्ने अथवा डर–त्रासले भनेको मान्छेलाई कुुर्सी दिनुपर्ने । यो एकदम घिनलाग्दो र लाजमर्दो संस्कार हो । यस्तो बेला प्रधानमन्त्रीको कुर्सीमा बस्ने मानिस निष्पक्ष र निडर भई परिवर्तन हुनुपर्दछ । नागरिकले विश्वास गरेर पठाएको सरकारले घमण्ड, गफ त्यागेर विज्ञहरुलाई मौका दिने हो, चाहे त्यो जुनसुकै जातको किन नहोस् । तर संघीयता आएर पनि मुलुकमा यो अभ्यासको कमी भएको महसुस भएको छ । यसलाई परिवर्तन गर्नु आवश्यक छ ।

देश हाँक्नेहरुले एकदम नै सोच्नुपर्ने कुरा हो– विदेशीहरुको चाकडी गर्न छोडी उनीहरुसँग मैत्री भावना मात्र राख्नुख्नुपर्छ । साथै राष्ट्र धनको तहबह मिलाएर लगानीकर्ताको मनोबल बढाई व्यवसाय तथा उद्योगको वातावरण बनाइदिनुपर्छ । तर मुलुकमा ऋणभार, बैंक तरलता, वैदेशिक रोजगार, उद्योग, विकासमा सन्तुलन हुन सकेन । अन्यथा हरसमय उद्योग व्यवसायीहरु सरकारप्रति असन्तोष व्यक्त गर्दैनथे ।

दुई तिहाइको सरकारले राज गरेको पनि झन्डै ३ वर्ष पुग्न लागिसक्यो तर जनता खुशी छैनन् यो सरकारसँग । अहिलेको घडीमा सरकारको महत्वपूर्ण काम भनेको नागरिकलाई सस्तोमा खाद्यान्न उपलब्ध गराउनु, नैतिक शिक्षा दिनु र सस्तो स्वास्थ्य उपचार उपलब्ध गराउनु हो । यसो हेर्दा यी कुरा नेपालमा असम्भवजस्तो लाग्छ । सबै पक्ष इमानदार र सकारात्मक हुने हो भने यी कुराको समाधान गर्न कठिन छैन । सरकारको प्रतिपक्षले पनि यस्ता कुरामा निरन्तर आवाज उठाइराख्नुपर्छ ।

हामी सधैँ एउटै रट लगाएर बसेका हुन्छौं– वीर गोर्खाली, नेपाली परम्परा, नेपाली मौलिकपना आदि । अहिलेका लागि यो भन्दा महत्वपूर्ण कुरा कसरी नेपाली समाजलाई नैतिक शिक्षा हासिल गराउने र एक–अर्कालाई सहयोग गर्न सिकाउने भन्ने हो । हामीले खाली गाली, खण्डन, आलोचनालाई मात्र गर्ने होइन, राम्रा कुराको कदर गर्न पनि सक्नुपर्छ ।

सरकार सफल भयो भने अर्थतन्त्र सफल हुन्छ । सरकार सफल हुन उसले आफ्नो विलासिता ७५ प्रतिशत कम गर्ने, कुर्सी बचाउन राष्ट्रधन लड्डुजस्तो नबाँड्ने, बेरुजु रकम छ भने उठाउने, बजेटअनुसार काम नभए सो बजेट कम गर्ने काम गर्नुपर्छ । त्यस्तै भ्रमण खर्च, औषधि खर्च, गाडी खर्च र मनोरञ्जन खर्च कम गरी भ्रष्टाचार अन्त्य गर्नुपर्छ ।

यसै गरी उद्योग व्यवसायीलाई हौसला दिएर उद्योग व्यवसायको विकास गर्ने, खाद्यान्न–लत्ताकपडाको आयात कम गरी निर्यात बढी गर्ने, राष्ट्रधन चुहावटबाट बचाउने । केही समयका लागि उद्योग व्यवसायीहरुलाई कर खुकुलो बनाउने कार्य पनि सरकारले गर्नुपर्छ ।

माथि उल्लिखित कुराहरुका लागि सरकार कडा हुन सक्नुपर्छ । यो परीक्षामा सरकार अघि बढ्न सक्यो भने हिरो हुन सक्छ । नत्र विगतका सरकारहरुजस्तै असफल हुनेछ । दुई तिहाइको सरकार हुनु सौभाग्यको कुरा हो । यो सुनौलो अवसरलाई सरकारले गुमाउनुहँुदैन । त्यसैले विलासिता जीवन त्याग्नु, नेताहरु कम गर्नु र राष्ट्रधनको तहबह मिलाउनु अपरिहार्य छ । यसका लागि संविधान नै संशोधन गर्न किन नपरोस् । नत्र अहिले सरकारमा रहनेहरुको पनि भोलि प्रतिपक्ष भएर सत्तापक्षलाई गाली गर्ने समय नआउला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्