विरामी भेट्न गाडी मिलाइदिन अनुरोध गर्दा यौन दुर्व्यवहार



न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँची जिल्लामा एक विवाहित युवतीले समाजसेवी सहयोगी बिसीले आफु माथि यौन दुर्व्यवहारको प्रयास गरेको गम्भिर आरोप लगाएकी छिन् । जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ अर्घाको बेल्टारी आपखोलाकी २७ वर्षिया समित्रा (नाम परिवर्तन) ले मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीको बास्टारी घर भई सन्धिखर्कमा बस्ने समाजसेवी सहयोगी बिसीमाथि यौन दुर्व्यवहारको प्रयास गरेको भन्दै गम्भिर आरोप लगाएकी हुन् ।

बुधवार अर्घाखाँचीबाट भैरहवा हस्पिटलमा विरामी दिदीलाई भेटन् बिसीलाई गाडी मिलाइदिन अनुरोध गरेकी र भैरहवा जाने एम्बुलेन्स मिलाए बापत आफुलाई यौन संपर्क गर्न दिनुपर्ने  नत्र नछोड्ने भनी धम्की दिएकाे युवतीले बताएकि छन् ।

स्थानीय अनलाइन अर्घाखाँची डट कमले सार्बजनिक गरेका ती युवतीले बिसिसँग गरेकाे केही म्यासेन्जरका अंशः

 

को हुन् सहयोगी बिसी ?

आफूलाई समाजसेवी भन्ने सहयोगी बिसी राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान अर्घाखाँचीका पूर्वअध्यक्ष हुन् । उनि अर्घाखाँची जिल्लामा राजनीतिक नेतृत्व र प्रशाशनमा राम्रो पहुँच बनाएका व्यक्ति हुन् । कलाकार, पत्रकार, समाजसेवी तथा नेता बताउने उनि यसघि पनि विवादमा तानिएका थिए । तर पहुँचका आधारमा उनले आफूलाई लाग्दै आएका अरोफहरू सामसुम पारेका थिए ।

सहयोगी बिसीको बिषयमा हामीले जिल्लामा बुझ्न खोज्दा केहि पत्रकार र नेताले यो काण्ड मिडियामा नलेख्न आग्रह गरे । किन बचाउन खोजेको भन्ने हाम्रो प्रश्नमा केहि व्यक्तिले आफ्नै साथी भएकाले उनलाई अफ्ठ्यारो पर्न नहुने तर्क गरे भने केहिले हामीलाई प्रलोभन समेत देखाए ।

अर्घाखाँचीकै एक पत्रकारका अनुसार सहयोगी बिसीका यस्ता धेरै काण्ड भएको तर बिचमै गुपचुप पारेर बाहिर नआएको बताउँछन । उनका अनुसार कतिपय महिलालाई त बिसीले सदरमुकामबाट घरसम्म छोड्ने भन्दै मोटरसाइकलमा राखेर लगेर जबर्जस्ति गर्न खोजेका सम्म घटना भएको उनि बताउछन । त्यतिमात्र होइन आफूलाई निकै समाजसेवी बताउने उनले सहयोग गरेकै कतिपयलाई ठाडै प्रस्ताव गर्नेगरेको घटना समेत छन् ।

त्यतिमात्र होइन रेडियोको तालिममा आउने कतिपय प्रतिक्षार्थीलाई समेत उनले अनेक प्रलोभन देखाएर शारीरिक सम्पर्क प्रस्ताव राख्ने गरेको समेत खुलेको छ । अर्घाखाँचीकै एक जनप्रतिनिधिका अनुसार बिसीका यस्ता धेरै काण्ड छन् जो बताउन पनि लायक छैनन् ।

अर्घाखाँचीको राजनीति र प्रसाशनसंग निकै निकट रहेका उनले दवावमा यो घटना लुकाउन हर प्रयास गरेको बुझिएको छ । यो काण्ड सार्वजनिक भएपछि उनले फेक आइडीबाट कसैले बदनाम गर्न खोजेको बताउंदै आएका छन् । बिहिबार देखि यो काण्ड सामसुम पार्न दुवै पक्षबीच पैसामा मोलमोलाई भैरहेको अर्घाखाँचीकै एक समाजसेवीले नाम नलेख्ने सर्तमा बताए ।

तर बिसीले भने शुक्रबार सामाजिक संजालमार्फत फेक आइडी बनाएर आफ्नो चरित्र हत्या गर्न खोजेको बताएका छन् । फेसबुकमार्फत सार्वजनिक गरिएको उनको स्पष्टिकरण बनावटी लाग्ने खालको छ । उनको फेक आइडी बनेको भन्दै सार्वजनिक गरिएको आइडी पनि खोज्दा भेटिंदैन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्