राजधानीमा पार्किङ हब बनाऔँ



काठमाडौंमा पार्किङको समस्याले निकै समस्या झेल्नुपरेको छ । उपत्यकामा पार्किङको समस्या समाधान गर्न सरकारले हब बनाउन जरुरी देखिन्छ । आवतजावत बढी हुँदा बजार ठूलो हुन्छ । बजार ठूलो भएपछि गाडी धेरै हुन्छन् । त्यसैले गाडी सुरक्षित तरिकाले राख्ने ठाउँ पनि हुन जरुरी छ । तर पार्किङ नहुँदा र जथाभावी पार्किङ गर्नुपर्दा सबैको टाउको दुखाइ भएको छ ।

महानगरपालिकालाई गाडी ओसार्न भ्याइ–नभ्याइ छ भने हामीले पार्किङ गर्ने ठाउँ नपाएर हैरान बेहोर्नुपरेको छ । उचित पार्किङ व्यवस्थापनका लागि केन्द्रीय स्तरबाटै पहलकदमी चाल्न जरुरी देखिन्छ ।

दिनानुदिन बढिरहेको गाडीको चापले पनि पार्किङको समस्या झनै चर्कने देखिएको छ । समयमै यसको समस्या समाधान नगरे पछिल्ला दिनमा निकै समस्या हामी सबैले झेल्नुपर्ने हुन्छ ।

सानो ठाउँ, त्यसमा पनि यति धेरै गाडीको चाप र पार्किङ व्यवस्थापन चुनौतीको विषय भएको छ । जामको समस्या पनि निकै हुने गरेको छ । यो पनि पार्किङको कारणले गर्दा भएको जस्तो लागेको छ । पार्किङ हब बनाएर हरतरहले यसको व्यवस्थापन गर्न जरुरी भइसकेको छ ।
– राजु ढकाल, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्