करणी गरी झुण्डाइएको अवस्थामा १४ बर्षीय बालिकाकाे शव फेला



 सुभेन्द्र दास, लहान ।

सिरहाको नवराजपुर गाउँपालिका वडा न. २ मझौरामा १४ बर्षीय महतो थरकी बालिकाको करणी गरी आँप गाछिमा झुण्डिएको आवस्थामा शव फेला परेको छ ।

बालकिाको शव घर देखि उत्तरमा रहेको आँपको गाछिमा विहिवार अपह्न १ बजे आँप गाछिमा झुण्डिएको आवस्थामा गाउँलेहरु देखेको थियो ।

बालिकाको त्यही ठाउँ बस्ने एक जना केटासँग प्रेम सम्बन्ध रहेको र घटना पनि त्यसैकारण भएको पीडित बालिकको बाबुको आरोप रहेको वडाअध्यक्ष खुशीलाल साहले बताउनु भयो । घटना शंकास्पद रहेकोले प्रहरीले विशेष अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्