पत्रकारमाथि हातपात



न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाबाट सञ्चालनमा रहेको तुखबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीमाथि समाचार संकलनका क्रममा दुव्र्यबहार भएको छ ।

किसानले युरिया मल नपाएको विषयमा समाचार संकलन गर्न ‘प्रेस’ अंकित ज्याकेट र परिचयपत्र समेत लिएर खटिएको अबस्थामा हेटौंडा–९ घर भएका रमेश गेलालले अपशव्द प्रयोग गर्दै हातपात गरेको पत्रकार पुडासैनीले जानकारी दिनुभयो ।

गेलालमाथि कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिइने उहाँले बताउनुभयो । पत्रकार पुडासैनीमाथि भएको दुव्र्यबहारको निन्दा गर्दै तुखबर डटकमका सम्पादक गिरिजा अधिकारीले दोषीमाथि कानुनी कारबाही माग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्