विरोध प्रदर्शन गर्दै न्यूरोड क्षेत्रका व्यापारीहरु (फाेटाेफिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

प्रहरीले पसलहरु बन्द गराएको विरोधमा व्यापारीहरुले विरोध प्रदर्शन गरेका छन् । व्यापारीहरुले न्यूरोड क्षेत्रमा केहीबेर विरोध प्रदर्शन गरेका हुन् । न्यूरोड क्षेत्रका व्यापरीहरुले लकडाउनको उल्लंघन गर्दै सबै प्रकारका पसलहरु खोले पनि प्रहरीले पुनः बन्द गरेपछि संचालनमा आउन सकेन ।

लगातारको लकडाउनका कारण आफूहरु मर्कामा परेको र सरकारले कुनै विकल्प नदिएका कारण आफूहरु पसल खोल्न बाध्य भएको तर त्यसमा पनि प्रहरीले हस्तक्षेप गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए ।सबै प्रकारका व्यवासयहरु सञ्चालन गर्न पाउनु पर्ने र प्रहरी हस्तक्षेप रोकिनु पर्ने मागसहित देशभर प्रदर्शन जारी रहने उनले बताएका छन् ।

उनले आन्दोलन गर्नुका साथै व्यवसायीहरुले सरकारलाई चाबी बुझाउने तयारी भएको पनि बताए । ‘सरकारले लकडाउनको मोडालिटी पनि परिवर्तन नगर्ने र व्यवसायीहरुका लागि राहतको प्याकेज पनि नल्याउने’ उनले भने ‘सरकारले व्यवसायीहरुको जिम्मेवारी लिनुपर्छ।’

नेपाल राष्ट्रिय व्यवसायी महासंघले जेठ २१ गते वक्तव्य जारी गर्दै सबै प्रकारका पसलहरु बिहान ८ बजेदेखि ११ बजेसम्मका लागि संचालनमा ल्याएको थियो। सोही क्रममा महासंघले सरकारका विभिन्न निकाय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी लगातसँग छलफल पनि गरेको थियो ।

तस्वीरः उजाेल डंगाेल ।

प्रतिक्रिया दिनुहोस्