कोरोनाका कारण उत्पन्न जटिलता रहुञ्जेल कर तिर्न सक्दैनौँ : सान



पुष्कर बुढाथोकी,भक्तपुर ।

सर्जिकल सप्लायर्स एसोशिएसन (सान) ले राज्यले तोकेको समयमा कर तिर्न नसक्ने जनाएको छ ।सानका अध्यक्ष रमण कायस्थले एक बिज्ञप्ति जारी गरी सो कुरा बताउनुभएको हो ।

बिज्ञप्तिमा भनिएको छ, ’कोभिड१९ को यो महामारीमा ब्यवसाय चौपट भएको अबस्थामा राज्यले सहुलियत दिनुपर्नेमा विभिन्न करहरु तिर्न समयसीमा तोकिनु ब्यवसाय नगर भन्नु बराबर हो।’

आन्तरिक राजश्व विभागले कर तिर्ने समयसीमा असार ७ गते सम्मका लागि बढाएको भएपनि जेठ ३१ गतेसम्म लकडाउनले गर्दा ब्यवसाय र कारोबार ठाप्प भएको हुँदा राजश्व दाखिला गर्ने म्याद अझै थप्नुपर्ने माग गरिएको छ ।

सहज अबस्थामा आफुहरुले राज्यको नियम अनुसार कर तिरेको भएपनि कोरोनाको कारण उत्पन्न जटिलता रहुन्जेल व्यवसायी कर तिर्न नसक्ने बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्