थप ३ सय २३ जनामा कोरोना संक्रमण, कूल संक्रमितको संख्या ३२ सय नाघ्यो



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ३२ सय नाघेको छ । आज थप ३ सय २३ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या ३२ सय ३५ जना पुगेका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आज मात्र ३ सय २३ जना संक्रमित थपिएको जानकारी दिनुभयो । हिजोसम्म २९ सय १२ जना संक्रमित भएको पुष्टि भएको थियो।

शनिबार थप ३२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ३६५ पुगेको छ । जसमा २९९ पुरुष र ६६ जना महिला रहेका छन् ।

यसैबीच कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ निवासी ५८ वर्षीय पुरुषको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको नियमित प्रेस ब्रिफिङमा देवकोटाले औपचारिक पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्