कोेरोना सुरक्षा नियम उल्लंघन गरेका फुटबलरलाई जरिवाना



बर्लिन, एजेन्सी ।

जर्मन बुन्देसलिगा क्लब बोरुसिया डर्टमण्डका दुई फुटबलरलाई कोरोना भाईरस न्युनीकरण सम्बन्धि स्वास्थ्य प्रोटोकलको उल्लंघन गरेको भन्दै जरिवाना तोकिएको छ ।

जर्मन फुटबल लीग (डीएफएल) ले डर्टमण्डका दुई खेलाडी जेडन सान्चो र म्यानुएल आकान्जीलाई घरमा मास्क र पीपीई कीट बिना कपाल काटेकोमा १० हजार यूरो जरिवाना तोकेको बताइएको छ ।

सामाजिक सञ्जालमा मास्क र पीपीई कीट बिना कपाल काटिरहेको तस्बिर पोष्ट भएपछि डीएफएलले जरिवाना तोकेको हो । सान्चो र म्यानुएलले उक्त आरोपविरूद्ध पाँच दिन भित्र अपील गर्न सक्नेछन् ।

सान्चो उनै खेलाडी हुन् जसले गत आइतबार बुन्डेसलिगाको म्याचमा गोल गरेपछि ‘जस्टिस फर फ्लोएड’लेखेको भित्री टी-शर्ट देखाएर अमेरिकी प्रहरीको ज्यादतीका कारण ज्यान गुमाएका अश्वेत ब्यक्ति जर्ज फ्लोएडको हत्याको विरोध गरेका थिए ।

सान्चोले डीएफएल को निर्णय प्रति ट्वीट गर्दै निरासा ब्यक्त गरेका थिए । तर, केही समयपछि सान्चोले आफ्नो उक्त ट्वीट डिलिट गरेक थिए ।

प्रतिक्रिया दिनुहोस्