विश्व च्याम्पियन नासेरलाई डोपिङ कारवाही



लन्डन, एजेन्सी ।

बहराइनका विश्व च्याम्पियन धाविका सल्वा इद नासेर प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) का कारण अस्थायी निलम्बनमा परेकी छन् ।

महिलाको ४ सय मिटर दौडको विश्व च्याम्पियन नासेरले प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परिक्षण नगरेपछि अस्थायी निलम्बन परेको बताइएको छ । पछिल्लो १२ महिनामा तीन पटक डोपिङ परिक्षणमा अनुपस्थित भएपछि उनलाई अस्थायी रुपमा निलम्बन गरिएको हो । नाइजेरियामा जन्मिएकी उनी सन् २०१४ बाट बहराइनबाट खेल्दै आएकी छन् ।

नियम अनुसार एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण नगरिए वा गर्न असफल भए अन्तराष्ट्रिय एथ्लेटिक्सको एन्टी डोपिङ पोलिसी उल्लंघन गरेको मानिन्छ । जसको कारण २२ वर्षे नासेरले कम्तिमा २ वर्षको प्रतिबन्ध भोग्नुपर्ने सम्भावना बढेको छ । सन् २०१९ मा कतारको दोहामा भएको विश्व च्याम्पियनसिपमा उनले ४ सय मिटरमा स्वर्ण जितेकी थिईन । निलम्बनपछि नासेरले आफुले ३ पटक डोपिङ परिक्षण गर्न असफल भएको स्वीकार्दै यस घटनालाई सामान्य भएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्