छुद्रग्रह पृथ्वी नजिक आउँदै



वासिंगटन, (एजेन्सी) ।

अन्तरिक्षमा विश्वकै सबैभन्दा अग्लो भवन आकारको एक छुद्रग्रह १७ हजार ७ सय किलोमिटरको बेगले पृथ्वी नजिक आइरहेको छ । तर यो वलय पृथ्वीसँग नठोक्किने वैज्ञानिकहरुले बताएका छन् । १ हजार ८ सय ७० फिट लामो यो छुद्र ग्रह पृथ्वीबाट ३१ लाख माइल टाढाबाट प्रस्थान हुने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ । छुद्र ग्रहबाट पृथ्वीलाई कुनै खतरा नभएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपी नासाले यसको गतिमा अध्ययन गरिरहेका छन् ।

यो छुद्रग्रह शनिबार जीएमटी अनुसार करिब सवा ४ बजे पृथ्वीबाट सबैभन्दा नजिक हुनेछ । यसको नाम २००२ एनएम२ राखिएको छ । यो छुद्रग्रहको लम्बाइ अमेरिकाको एम्पायर स्टेट विल्डिंग भन्दा पनि धेरै छ । पृथ्वीबाट सामान्य आँखाले देख्न नसकिन वैज्ञानिकहरुले बताएका छन् । यो छुद्रग्रह पहिलो पटक सन् २००२ जुलाइमा अवलोकन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्