कोरोनाविरुद्धको २० लाख खोप तयार छ : ट्रम्प



वासिंगटन, (एजेन्सी) ।

कोरोना कहरले अट्टालिएर समय समयमा विभिन्न औषधी सिफारिस गर्दै आइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को ठूलो दावी गरेका छन् । उनले कोरोना भाइरसलाई लिएर बिहिबार विशेष बैठक बसेको जानकारी दिँदै अमेरिकाले यस भाइरस विरुद्ध विकशित २० लाख भन्दा बढी डोज तयार रहेको बताए । सुरक्षा जाँचमा सफल भएपछि यसको आपुर्ति सुरु हुने उनले बताए ।

ट्रम्पले भने-,’ हामीले हिजो कोरोना भाइरस खोपका विषयमा एक विशेष बैठक गर्यौं, हामी अविश्वनिय रुपमा राम्रो गरिरहेका छौं । हामीलाई अलि धेरैनै सकारात्मक आश्चर्य हेर्न पाउने अवसर आउँदैछ । खोपलाई लिएर धेरै प्रगती भइरहेको छ । यदी यो खोप सुरक्षा जाँच पुरा गर्छ भने हामीसँग २० लाख भन्दा धेरै डोज तयार छ । वास्तवमा हामी यसको परिवह र लजिस्टिकका लागि तयार छ ।’

कोरोनाले विश्वका १ सय ८६ देश प्रभावित भएको बताउँदै कोरोना भाइरस खोपलाई लिएर पुरै विश्वमा काम भइरहेको ट्रम्पले जानकारी दिए । हामी चीनसँग पनि काम गरिरहेका छौं, तर जे भयो त्यो नहुनु पर्ने थियो ।

यसअघि ट्रम्पले कोविड १९ को खोप यसै बर्षको अन्त्य सम्ममा उपलब्ध हुने बताएका थिए । ट्रम्पले अमेरिकी सरकार रेमडेसिविर औषधी पछाडी पुरै शक्तीले लागेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्