स्याङ्जामा एकैपटक थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या २३ पुग्यो



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जामा एकै पटक १० जना कोरोना संक्रमित थपिएका छन् भने स्याङजा सहित गण्डकी प्रदेशमा १७ जना थपिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका घर भई पालिका कै क्वारेन्टीनमा बस्दै आएका ८ जना र हरिनास गाँउपालिकाका घर भई पालिका कै क्वारेन्टीमा बस्दै आएका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

संक्रमित पुष्टी हुनेहरुमा वालिङका १६, १९,२३,२५,३२,४४,५२ र ५४ बर्ष उमेरका पुरुषहरु रहेका छन् भने हरिनास गाउँपालिकाका १८ र ४० बर्ष उमेरका पुरुषहरु रहेकाछन् । यो सँगै स्याङजामा संक्रमितको संख्या २३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुशार कास्कीमा ३ जनामा संक्रमण पुष्टी भएको छ रुपा गाँउपालिकाका २३ र ३२ बर्षका पुरुष तथा पोखरा महानगरपालिकाका ५९ बर्षका पुरुषमा पनि संक्रमण पुष्टी भएको हो त्यस्तै नवलपरासी सुस्ता पुर्वको बिनयत्रिबेणी गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टी भएको भएको छ । उनीहरु १८,१९ र २७ बर्षका पुरुष रहेकाछन् ।

यस्तै बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । उनी ताराखोला गाँउपालिकाका ३९ बर्षका पुरुष रहेकाछन् ।

संक्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । ३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्