आज दिनभर वर्षा हुने



न्युज अफ नेपाल, काठमाण्डौँ ।

स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै ले भोलि बिहानसम्म नै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले मुलुकका अधिकांश भू-भागमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार बागमति र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । आइतबार धने देशका धरैजसो स्थानमा सामान्य बदली रहने छ।

महाशाखाको विवरणअनुसार धनगढीमा ७४.९, वीरेन्द्रनगरमा ३८.७, दिपायलमा २७.१, सिमरामा २०.९ र काठमाडौंमा १२.८ मिलिलिटर वर्षा भएको छ । हिमाली भेगका केही स्थानहरुमा हिमपातको सम्धावना रहेका कारण सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्