मन्त्रिपरिषद् बैठक जारी : लकडाउनको मोडालिटीबारे छलफल हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि अपनाएको लकडाउनको मोडालिटी परिवर्तन गर्ने बारेमा छलफल गर्न  मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकले लकडाउनको मोडालिटीको बारेमा निर्णय लिने एक मन्त्रीले जानकारी दिए ।

सरकारले पछिल्लो पटक आगामी जेठ ३२ गतेसम्म लकडाउन घोषणा गरेको छ । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ । यसै विषयमा प्रधानमन्त्री  केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा परामर्श गर्नुभएको  थियो ।

प्रतिक्रिया दिनुहोस्