युएईमा समस्यामा परेका नेपालीलाई सेन्चुरी बैंकद्वारा राहत प्रदान



भूपराज बस्याल , काठमाडौं ।

सेन्चुरी बैंकको सेन्चुरी रेमिटले युएईमा समस्यामा परेका नेपालीका लागि सहयोग गरेको छ। सेन्चुरी बैंकले खाद्यन्न तथा दैनीक उपभोग्य सामाग्री सहयोग गरेको हो ।

सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलमार्फत आइतबार आबुधाबीको राहत वितरण टोलीलाई ३ सय केजी चामल र ५४ लिटर तेल लगायतको खाद्यन्न सामाग्री उपलब्ध गराउनु भएको हो । आबुधाबीमा राहत वितरण टोलीका तर्फबाट कृष्ण गौतम, दुर्योधन कार्की, महेश श्रेष्ठ लगायतका प्रतिनिधीले उपलब्ध सहयोग सामाग्री बुझेका थिए ।

यस्तै बैंकले गैर आवासीय नेपाली संघ (नेपाल एसोसिएसन)युएईको राहत वितरण टोलीलाई १ हजार दिहराम बराबरको राहत सामाग्री उपलब्ध गराएको छ । टोलीलाई २ सय केजी चामल, १ सय केजी आलु , १ सय केजी प्याज, ५५ लिटर तेल र अन्य खाद्यन्न सामाग्री उपलब्ध गराइएको सेन्चुरी बैंकका युएई प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

उक्त सामाग्री नेपाल एसोसएसनका उपाध्यक्ष नरेश शेन, गैर अवासीय नेपाली संघका आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष विश्वदिप शाह र केशव नेपाललाई हस्तान्तरण गरिएको थियो । प्रदेशमा नेपालीहरुले आर्जन गरेको धनलाई सरल,सहज,छिटो र भरपर्दो रुपमा परिवारसम्म पुर्याउन मात्र नभएर दुःखमा पनि साथ दिन सेन्चुरी सधै तत्पर रहेको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्