चीनमा कोरोना संक्रमित डाक्टरको मृत्यु



वुहान । चीनमा चार महिनादेखि कोरोना भाइरससँग लडिरहेका डाक्टरको मृत्यु भएको छ। कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानको सेन्ट्रल अस्पतालमा उपचाररत डा। हू वीफेङको हिजो(जुन २) मा मृत्यु भएको बीबीसीले जनाएको छ।

कोरोना भाइरस कोभिड–१९ को पहिचान भएको वुहानको अस्पतालमा युरोलोजिस्टकारुपमा हु कार्यरत थिए। वुहानमा कोरोना संक्रमणले व्यापक रुप लिइरहेका बेला जनवरीमा उनलाई कोरोना पोजिटिभ देखिएको थियो ।

उनलाई उपचारका लागि अन्य अस्पतालहरुमा पनि स्थानान्तरण गरिएको थियो। मार्चको मध्यतिर हुको स्वास्थ्य अवस्थामा केही सुधार आएको भएपनि अप्रिलदेखि उनलाई मस्तिष्क सम्बन्धी रोगले च्यापेको थियो।

उनको मृत्युबारे पूरा जानकारी दिइएको छैन । डाक्टर हुँको मृत्युलाई लिएर चिनियाँहरुले सामाजिक सञ्चालमा प्रशासनको आलोचना गरिरहेको बीबीसीले जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्