निजी विद्यालयद्वारा साचो बुझाउने चेतावनी

भोली वार्ता हुँदै,मन्त्री भन्नुहन्छ, चाँडै सहमति गर्छौँ



ईश्वर राज ढकाल काठमाडौं ।

निजी विद्यालयका संस्था प्याब्सन र एन प्याब्सनले आफ्ना माग पुरा नभए देशैभरीका विद्यालयका साचो बुझाउने चेतावनी दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयप्रति भर्ना गर्न नदिने र विद्यालय पनि खोल्न नदिएर पेलेर जाने निती अघि बढाएपछि निजी विद्यालयसंग आवद्ध दुई संगठनले साचो बुझाउने चेतावनी दिएका हुन ।

उनीहरुले यथाशीघ्र माग सम्बोधन नगरे जिल्लास्थित निकायमार्फत् शिक्षामन्त्री पोखरेललाई साचो बुझाउने चेतावनी दिएका हुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेल र दुई संस्थाका अधिकारीबीच मंगलबार भएको वार्तामा प्याब्सनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानियाले यही अवस्था भए साचो बुझाउने चेतावनी दिनुभएको हो ।

मन्त्री पोखरेलले बिहान बोलाएको बैठकमा दुईसंस्थाको ११ बुदे मागपत्र पेश गर्दै वरिष्ठ उपाध्यक्ष बानियाले निजी विद्यालयकहरु चरम आर्थिक संकटमा पर्न थालेको बताउदै त्यस विषयमा तत्कल सम्बोधन गर्न माग गर्नुभएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले सरकार निजी विद्यालयहरुको विरोधी नभएकोस्पष्ट पार्दै मागको विषयमा छलफल गर्न तयार रहेको बताउनुभयो । उहाले तत्काल विद्यालको प्रशासन खोल्ने र अनलाईन मार्फत पढाई शुरु गर्ने विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ उच्च स्तरीय समितिमा प्रस्ताव लैजाने र सो प्रस्ताव मन्त्री परिषद्बाट स्विकृत गराई तत्काल अनलाईन मार्फत भर्ना प्रकृया अघि बढाउन पहल गर्ने बताउनुभयो ।

पछिल्लो समय विवादित हुनुभएका मन्त्री पोखरेलले आफ्नो भनाई सार्वजनिक गर्न पत्रकार गुहार्नुभएका छ । मन्त्री पोखरेलले बिहान११ ब्जे भर्चुअल पत्रकार सम्मेलन गरेपछि १ बजे प्याब्सन रएन प्याब्सन संग छलफल गर्नुहुने भएको छ । छलफल पछि प्राप्त धारणा सरकारसमक्ष पेश गर्ने तयारी गर्नुभएको छ ।
मन्त्रीको भनाई उदृत गर्न एक अधिकारीले भन्नुभयो– मन्त्रीज्युले तपाईहरु नआत्तिनोस हामी दुई चार दिनमा केही न केही निर्णयमा पुग्नेछौ भन्नुभएको छ ।

प्याब्सनका महासचिव कुमार घिमिरेले मन्त्री पोखरेलले आग्रह गर्नुभउ अनुसार केही दिन पर्ख र हेरको अवस्था आएको उल्लेख गर्नुभयो । भन्नुभयो–हामीले उहाको आग्रहलाई केहीदिन मात्र कुर्न सक्ने अवस्था छ । दुई संस्थाले गत वर्षको पुरानो शुल्क उठाएर केही रकम भएपनि शिक्षक कर्मचारीको व्यवस्थापन गर्न सहज हुने भएकोले अनलाईन भर्ना र पठाईको बताउवतरण तयार गर्न मन्त्री पोखरेललाई आग्रह गरेका हुन ।

एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले मन्त्री पोखरेलले आश्वासन मात्र दिने गरेको आरोप लगाउनुभयो । हाम्रो मागको बारेमा सुनिमात्र रहनुभयो । पुरा गर्छु भनेर भन्नुभएन । पछिल्लो समय मन्त्रालयले गरेको निर्णयलाई आफुन नगरेको भन्दै मिडियाबाजी गर्नुभएका मन्त्री पोखरेलले अर्थ मन्त्रीकोको कारण केही समस्या भएको बताउनुभएको थियो ।

मावि तहको निजी विद्यालयलले सामुदायीक व्द्यिालयलाई सहवरण गर्ने विषय अकस्मात आएकोमा आफु आश्चर्य चकित भएको बताउने गर्नुभएका मन्त्री पोखरेलले सरकारी विद्यालय सुधार गर्न निजीले पनि सहयोग गर्नुपर्ने बताउदै आउनुभएको थियो ।

भेटको क्रममा प्याब्सनका सह अध्यक्ष डिके ढुंगाना, वरिष्ठ उपाध्यक्ष राजेन्द्र बानिया ,महासचिव कुमार घिमिरेको र भवानी प्रसाद पौडेलको सहभागिता रहेको सहभागिता रहेको थियो । एन प्याब्सनको तर्फबाट अध्यक्ष ऋतुराज सापकोटा र महासचिव सुवास न्यौपाने थिए ।

भेटमा मन्त्री पोखरेलले कोरोना महामारीको कारण थला परेका निजी विद्यालयलाई सहुलियत ऋण उपलब्ध गराउन मन्त्रालयले पहल गरिरहेको बताउनुभएको थियो । दुई संस्थाले पुरानो बाकी रहेको शुल्क दिन चाहने अभिभावकसंग रकम लिन पाउनुपर्ने। अनलाईन कक्षा,सञ्चाला गर्नुपर्ने , भर्ना प्रकृया थालनी गर्नुपर्ने लगायतका माग पेश गरेका थिए ।

प्याब्सन महासचिव घिमिरेले दुईवटै निकायले कुनैपनि नाजायज माग पेश नगरेको बताउनुभयो । चैत ६ गतेदेखि लगातार लक डाउन भएपनि एकाध ठुला केही विद्यालय बाहेक अन्यण्ले भर्ना शुरु गरेका छैनन । अधिकांस विद्यालयका शिक्षक र कर्मचारीले बैशाखदेखि तलब पाएका छैनन् । विद्यालय सञ्चालकले भने शुल्क उठाउन नसकेको कारण सबै काम ठप्प रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्