ट्रम्पलाई प्रहरी प्रमुखकाे गाली:  मुख बन्द राख्नुस !



काठमाडाैँ ।

अमेरिकी हिंस्रक प्रदर्शनका बीच ह्युस्टका प्रहरी प्रमुखले राष्ट्रपति ट्रम्पलाई आफनो मुख बन्द राख्न भनेका छन् । ट्रम्पले प्रदर्शनकारीलाई रोक्नका लागि सेना तैनाथ गर्ने चेतावनी दिएका थिए । यसअघि उनले प्रदर्शनकारीलाई गोली हान्ने चेनावनी दिएका थिए । लुटपात भयो भने गोली प्रहार हुनेछ, ट्रम्पले भनेका थिए ।

ट्रम्पको उत्तेजना फैलाउने र चिढाउने खालका टिप्पणीलाई लिएर ह्युस्टनका प्रहरी प्रमुखले भने- ‘यदि तपाईसँग मुद्दा सल्टाउने कुनै राम्रो सुझाव छैन भने कृपया आफनो मुख बन्द राख्नुस ।’

सन्चार माध्यमसँगको साक्षात्कारमा उनले भने- ‘तपाई नागरिकलाई खतरामा धकेलिरहनु भएको छ । यो समय जनताको मन जित्ने बेला हो न कि उनीहरुलाई धम्की दिने ।’ पुरै देशमा प्रहरी घाइते भइरहेका छन्, मानिसहरु घाइते भएका छन् ।

तर नेतृत्व हामीलाई दुखित तुल्याइरहेको छ । यदि कुनै राम्रो बोल्नु छैन भने कृपया आफ्नो मुख बन्द राख्नुस । तपाई एक राष्ट्रपति हो र त्यही अनुरुप फैसला लिनुस । यो वास्तविक जीवन हो र यो खतरामा छ ।

«

प्रतिक्रिया दिनुहोस्