ट्रम्पको अचानक चर्च प्रति चासो बढ्यो !



वासिंगटन,एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार राती व्हाइट हाउसको ठ्याक्कै सामुको सडक पारीको सेन्ट जोहन्स एपिस्कोपल चर्चमा इसार्इहरुको पवित्र धार्मिक ग्रन्थ वाइवल हातमा लिएका छन् ।

उनको मंगलवार पनि वासिंगटन डिसिकै सेन्ट जोह्न पाउल द्वितिय चर्च भ्रमण गर्ने कार्यक्रम रहेको छ । तर देश कोभिड १९ महामारी र जर्ज फ्लोइडको मृत्युको कारण विरोध प्रदर्शनको व्यापक चपेटामा गुज्रिरहेको अवस्थामा अचानक ट्रम्पको धर्म प्रति बढेको सामिप्यतालाई धर्माधिकारीहरु स्वयम्ले रुचाएका छैनन् ।

भेटिकनका लागि सल्लाहकार तथा धर्माधिकारी जेम्स मार्टिनले ट्रम्पको रवैयालाई इँगित गर्दै टिव्ट गरेका छन् ,‘मलाई स्पष्ट गर्न दिनुहोस् । यो घृणित कार्य हो । पवित्र वाइवल कुनै प्रोपोगान्डा होइन । चर्च कुनै तस्वीरको विकल्प होइन । धर्म कुनै राजनीतिक हतियार होइन । भगवान कसैको खेलौना होइन । ’

प्रतिक्रिया दिनुहोस्