रौतहटमा थप ७४ जनामा कोरोना संक्रमण



सञ्जय कार्की,रौतहट ।

रौतहटमा मङ्गलबार एकैदिन ७४ जनामा कोरोना भाईरसको संक्रमित देखिएको छ । यससंगै रौतहटमा कोरोना भाईरसको संक्रमित संख्या ३ सय ७ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटले जनाए अनुसार राजपुर नगरपालिका–२१, राजदेबी नगरपालिका–१८, दुर्गाभगबती गाउपालिका– १४ गौर नगरपालिका–१३ परोहा नगरपालिका–४ यमुनामाई गाउपालिका–३ गडिमाई नगरपालिका–१ रहेका छन् ।

थपिएका नया संक्रमितको अबस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । नया देखिएका कोरोना भाईरसको संक्रमितहरु रोजगारी गरेर भारत बाट फर्कि आएका हुन । उनीहरु सबै सम्बन्धित पालिकाको क्वारेन्टाईनमा बसेपछि पिसिआर परिक्षण गरिएको हो ।

कोरोना भाईरसको संक्रमित लाई जिल्लाकै आईसोलेसनमा स्थानान्तरण गरिने जनस्वास्थ्य प्रमुख महेश साहले बताउनु भयो । रौतहटको चन्द्रपुर र फतुवा बिजयपुर नगरपालिका बाहेक सबै पालिकाको क्वारेन्टाईनमा बसेकाहरु कोरोनाको भाईरसको संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्