एनआरएन पोर्चुगल अध्यक्ष गैरेलाई सामाजिक सम्मान



पोर्चुगल । गैरआवासीय नेपाली संघ (एआरएनए) पोर्चुगलका अध्यक्ष तिलक गैरेलाई कदर पत्र प्रदान गरिएको छ । २४ न्युजप्रेस डट कम तथा एपि वान टेलिभिजनको दोश्रो वार्षीकोत्सवको अवसरमा अध्यक्ष गैरेलाई कदर पत्र प्रदान गरिएको हो ।

प्रवासमा रहेका नेपाली समाजका विविध विषयमा सामाजिक योगदान पुर्‍याएको भन्दै कदर पत्र प्रदान गरिएको एपि वान टेलिभिजनका अन्तर्राष्ट्रिय व्युरो समाचार प्रमुख विनय अधिकारीले बताए ।

करिब ९ महिना अघि एनआरएन पोर्चुगलको अध्यक्षमा निर्वाचित गैरे पछिल्लो समय विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट प्रभावित नेपालीहरुको सहयोगमा जुटेका छन् ।

उनले संक्रमित नेपालीहरुलाई मात्र नभई समस्यामा परेका नेपालीहरुलाई समेत सहयोग गर्दै आइरहेका छन् । एनआरएन पोर्चुगलको अध्यक्षको हसियतमा मात्र नभई व्यक्तिगत रुपमा पनि उनले आवश्यक सामग्रीहरु वितरण गर्दै आइरहेको बताइएको छ ।

कोरोनाका कारण रोजगारी गुमाएका नेपालीहरुलाई अवसरको खोजी गरेर रोजगारी दिलाउने काम एनआरएन पोर्चुगलका अध्यक्ष गैरेले बताए । ‘कोरोनाका कारण होटल, रेष्टुरेण्टमा कार्यरत नेपालीहरुको रोजगारी गुमेको छ । हामीले अवसरको खोजी गरेर काममा लगाउने कार्य गरिरहेका छौं,’ उनले भने, ‘प्रवासमा रहेका नेपालीहरुले कुनै पनि समस्या भोग्न नपरोस् भन्नेमा एनआरएन पोर्चुगल सचेत छ र त्यसमा सक्रिय भएर लागेका पनि छौं ।’

यसअघि पनि एनआरएन पोर्चुगलले विभिन्न कारणले जेलमा परेका नेपालीको उद्दार तथा रोजगारीको सिलसिलामा ज्यान गुमाएका मृतकका परिवारलाई सहयोग गर्दै आइरहेको छ। त्यस्तै अध्यक्ष गैरेले म्याग्दीको देविस्थान गाउँपालिका घर भई एक वर्षदेखि चार महिनाको बच्चासहित पोर्चुगल अलेन्तेजो जोनको साउतोतोनियो बस्दै आएकी दिवानी पुर्जालाई व्यक्तिगत रूपमा नगद सहयोग प्रदान गरेका छन् ।

पुर्जाको श्रीमान भने हाल नेपालमै भएको र काम पनि नभएका कारण आर्थिक कठिनाई परिरहेको थाहा पाएपछि अध्यक्ष गैरे उनको निवासमा पुगेर घरभाडा लगायत अन्य आवश्यक नगद सहयोग प्रदान गरेका हुन् ।

संस्थाकै सदस्यहरुले एक्लौटी रुपमा संस्था चलाइरहेको आरोप लगाएको भएपनि अध्यक्ष गैरेले नेपाल र नेपालीहरुका लागि महत्वकांक्षी योजनाहरु अघि सारेको भएपनि कोरोनाका कारण ती योजनाहरु अलपत्र परेका छन् ।

नेपालीहरुको समस्या समाधान गर्न एनआरएन पोर्चुगलले हेल्प डेस्क र नेपाली संस्कृती झल्काउने खालको संग्रहालय नेपाल हाउसको स्थापना गर्न कोरोनाका कारण रोकिएको छ । कोरोना संक्रमणको जोखिम कम भई स्थिति सामान्य भएपछि ती कामहरु शुरु हुने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्