चर्चभित्रै बलात्कारपछि हत्या



आवुजा,एजेन्सी ।

उवाभेरा ओमोजुवा नामक बाइस वर्षिया छात्राको एउटा चर्चभित्र हत्या भएपछि नाइजेरियामा व्यापक जनआक्रोश फैलिएको छ । उनकी बहिनी जुडिथले बिबिसीलाई बताए अनुसार बेनिन शहरस्थित आफ्नो घर नजिकको चर्चको शान्त वातावरणमा अध्ययन गरिरहेका बेला उनको हत्या गरिएको हो ।

सांघातिक आक्रमण गरिएको तीन दिनपछि शनिवार मृत्यु भएका उनको नर्स बन्ने सपना रहेको बताइएको छ । जुदिथले आफनी दिदीमाथि वलात्कार पनि भएको खुलाशा गरेकी छन् ।

उनले बुधवार सााझ रेडिम्ड क्रिश्चियन चर्च अफ गडबाट एकजना अज्ञात महिलाले फोन गरेर आफ्नो परिवारलाइृ घटनाको जानकारी दिलाएको पनि बताएकी छन् । उनलाई स्कर्ट च्यातिएको र रगताम्य अवस्थामा अस्पताल पु¥याइएको थियो । तर दक्षिणी इडो राज्यका प्रहरीले यसलाई वलात्कार नभई हत्याको आधारमा छानविन भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्