बाँकेमा दुर्घटना: ११ को मृत्यु, २२ घाइते



न्युज अफ नेपाल, बाँके।

बाँकेबाट सल्यान जान लागेको एउटा बस राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलमा  दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर सल्यान जान लागेकाहरु दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो  ।

प्रतिक्रिया दिनुहोस्