गर्भवती महिलालाई हेलिकोप्टरबाट उद्धार गरेर अस्पताल पु-याइयोे



न्युज अफ नेपाल, म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट आज एकजना गर्भवती महिलाको उद्धार भएको छ । अत्यधिक रक्तस्रावका कारण स्वास्थ्यमा समस्या आएपछि अन्नपूर्ण–५, शिखका नर्दिता गर्बुलाई हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पु¥याइएको हो । गर्भवती अवस्थामा रक्तस्रावले सिकिस्त हुनुभएकी गर्बुजालाई हेलिकोप्टरमार्फत उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएको छ ।

अहिले गर्भवती महिलाको अस्पतालमा उपचार भैरहेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवी पुनका निजी सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको गर्भवती सुत्केरी जटिलता कार्यक्रम अन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय प्रदेश सरकारले म्याग्दीसहित दुर्गमका जिल्लाबाट गर्भवती तथा गम्भीर प्रकृतिका बिरामीको हेलिकोप्टरबाट उद्धार गर्दै आइरहेको छ । स्वास्थ्यको पहुँचबाट टाढा तथा आपत्कालीन सेवामा हवाई सेवाबाट बिरामीहरुको उद्धार गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्