बेल्जियमका राजकुमार कोरोना संक्रमित



ब्रसेल्स,एजेन्सी ।

कोरोना भाइरस महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्पेनमा लकडाउन लगाइएको समय एउटा पार्टीमा सहभागी हुने क्रममा बेल्जियमका २८ वर्षिय राजकुमार हाओचिम भाइरस संक्रमित हुन पुगेको त्यहाँको राजप्रासादले आइतवार जनाएको छ ।

राजप्रासादका अनुसार उनी २६ मेमा एउटा इन्टर्नसिपमा भाग लिन बेलिजयमबाट स्पेन पुगेका थिए । कोभिड १९ परिक्षण पोजिटिभ हुनु अघि उनी दुईदिनपछि त्यहाँबाट दक्षिणी शहर कोर्डोवा आयोजित एउटा पार्टीमा सहभागी भएका थिए ।

बेल्जियमका नरेश फिलिप्पेका भतिजा राजकुमार हाओचिम लगमयत २७ जनाको सो पार्टीमा सहभागिता रहेको थियो । कोर्डाेवाको लकडाउन नियम अनुसार त्यतिजनाको संख्यामा पार्टीमा उपस्थित हुन पाइन्न । अहिले १५ जना भन्दा बढि व्यक्ति त्यहाँ एकै स्थानमा भेला हुने निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्