अश्वेतका हत्यारा प्रहरीकी पत्नीद्वारा सम्बन्ध विच्छेदको आवेदन



मिनियापोलिस,एजेन्सी ।

अश्वेत अमेरिकी जर्ज फ्लोयडको हत्याको आरोपी प्रहरी अधिकृत डेरेक चउविनकी पत्नी केलीले सम्बन्ध विच्छेदको आवेदन दिएकी छन् । हिरासतमा लिएपछि भएको फला्यडको हत्या विरुद्ध देशको धेरै ठाउँम हिंस्रक विरोध प्रदर्शन भइरुहेकै बेला उनकी पत्नीले पनि उनको साथ छोड्न लागेको समाचार बाहिर आएको हो ।

चउविन विरुद्ध थर्ड डिग्री मर्डरको मुद्दा दर्ता भएको छ । जर्ज फ्लोयडलाई हिरासत लिने क्रममा उनको घाँटीमा बल पुर्वक घुँडाले थिच्दै गरेको चउविनको भिडियो भाइरल भएको थियो । फ्लोयडले आफुलाई गाह्रे भइरहेको याचना गरिरहेको तर चउविनले उनको कुनै पनि आग्रह नसुन्दा उनको मृत्यु भएको हो ।

केल्लीका वलिकले बयान जारी गर्दै फ्लोयडको मृत्युले उनलाई झटका लागेको बताएकी छन् । उनले फ्लोयडको परिवार पैति संवेदना ब्यक्त गरेकी छन् । बयानमा भनिएको छ , उनले डेरक चउविनसँग आफनो वैवाहिक जीवन अन्त्य गर्ने आवेदन दिएकी छन् ।

केली चउविनलाई यो विवाहबाट कुनै बच्चा भएको छैन तर उनले उनका बच्चा, अविभावक र बाँकी परिवारलाई यो कठिन समयमा सुरक्षा तथा निजता दिनु पर्ने माग गरेकी छन् ।

जर्ज फ्लोयडलाई २० डलरको नक्कली नोट प्रयोग गरेको आरोपमा गिरफ्तार गरिएको थियो । हिरासतमा लिँदाकोे बाहिर आएको भिडियोम डेरेक चउविन ७ मिनेटसम्म जर्ज प्mलोयडको घाँटीलाई घुँडाले थिचेर बसेको देखिएका थिए ।  म स्वास लिन सकिरहेको छैन ।

भन्दा भन्दै बेहोस भएका थिए, तर चउविनले कुनै मानवियता देखाएको थिएन । फ्लोयदको मृत्युपछि नागरिकहरु प्रहरीको यो रंगभेदी अत्याचार विरुद्ध न्यायको माग गर्दै सडकमा आर्लेका छन् । राजधानीमा भएको विरोध प्रदर्शनका कारण राष्ट्र्पतिको निवास ह्वाइट हाउस पनि बन्द गर्नु पर्यो ।

प्रतिक्रिया दिनुहोस्