पूर्वअर्थमन्त्री पौडेलद्वारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री हस्तान्तरण



न्युज अफ नेपाल,बुटवल ।

पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराउनु भएको छ् । सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क आईतबार नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।

नेकपा रुपन्देहीका सचिव निर्मल जिसी, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न. २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचयपत्र सहितको ज्याकेट र मास्क हस्तान्तरण महासंघलाई गरेका हुन । हस्तान्तरणका अवसरमा नेकपा रुपन्देहीका सचिव जिसीले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बतउनु भयो ।

कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने उहाँले बताउनु भयो । नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताउनु भयो ।

उहाँले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादाँ त्यसले सहजता ल्याउन बताउनु भयो । पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताउनु भयो ।

उहाँले पहिचान सहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहजता ल्याउने बताउनु भयो । यसअघि महासंघ रुपन्देहीले सुरक्षा सामाग्री वितरण गरेको सचिव रामप्रसाद आचार्यले बताउनु भयो । पत्रकारहरुको कोरोना बिमा पनि प्रक्रियामा रहेकाले आवश्यक कागजपत्र उपलब्ध गराउन उहाँले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्