सिरहामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २५ पुग्यो



सुभेन्द्र दास, लहान ।

सिरहामा शनिवार विहानै थप ११ जनामा कोरोना पुष्टी भएको छ ।लहानमा नगरपालिकामा रहेको जेएस मुरारका क्वाराइनटाइनमा ३ , पडरियामा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको सिरहा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताउनुभयो ।

संक्रमित सवै भारतबाट आएका युवा हुन ।सिरहामा कोरोना भाइरस संक्रमितको संख्या २५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्