डब्ल्युएचओले चीनको पक्षमा काम गरेको आरोप लगाउँदै ट्रम्पद्वारा सम्बन्ध अन्त्यको घोषणा



ह्वाइट हाउस ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) बाट अमेरिका अलग भएको घोषणा गर्नुभएको छ । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको र सुधार हुनेतर्फ कुनै चासो नदेखाएकाले यसबाट अमेरिका अलग हुने घोषणा गर्नुभएको हो । डब्ल्यूएचओलाई दिदै आएको आर्थिक सहयोग अब विश्वको जनस्वास्थ्यमा लगानी गर्ने उहाँको भनाई छ ।

‘चीनको अपराधको सजायँ अहिले पूरै विश्वले भोगिरहेको छ’, ‘चीनमाथि आरोप लगाउँदै ट्रम्पले भन्नुभयो–‘चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो जसका कारण १ लाखभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनु पर्‍यो । चार करोड डलर दिने चीनसँग मिलेर ४५ डलर दिने अमेरिकालाई विश्व स्वास्थ्य संगठनलेले धोका दिएको ट्रम्पको आरोप छ ।

चीनले सुरुमा कोराना भाइरसबारे विश्वलाई गुम्राहमा राखेको र यस कार्यलाई विश्व स्वास्थ्य संगठनले साथ दिएको आरोप ट्रम्पले शुक्रबार पनि दोहोर्‍याउनुभयो । ‘हामीले भनेका थियौं की विश्व स्वास्थ्य संगठन सुध्रिन जरुरी छ, तर ऊ उध्रिन मानेन’ ट्रम्पले भन्नुभयो । शुक्रबारको पत्रकार सम्मेलनमा हङकङको सवाल समेत उठाएर चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको थियो ।

अमेरिका डब्ल्यूएचओको स्थापनाकाल देखिकै सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो ।२०१९ को डिसेम्बरको अन्त्यमा चीनको युहानबाट एक माछा एक बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउदै आएको छ । विश्व स्वास्थ्य संगठनले भाइरस मानव निर्मित नभई प्राकृतिक रहेको बताइसकेको छ ।

ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन९डब्लूएचओ०बाट अमेरिका अलग भएको घोषणा गर्नुभएको छ । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले विश्व स्वास्थ्य संगठन चीनको कठपुतली भएको र सुधार हुनेतर्फ कुनै चासो नदेखाएकाले यसबाट अमेरिका अलग हुने घोषणा गर्नुभएको हो । डब्ल्यूएचओलाई दिदै आएको आर्थिक सहयोग अब विश्वको जनस्वास्थ्यमा लगानी गर्ने उहाँको भनाई छ ।

‘चीनको अपराधको सजायँ अहिले पूरै विश्वले भोगिरहेको छ’, ‘चीनमाथि आरोप लगाउँदै ट्रम्पले भन्नुभयो–‘चीनले विश्वव्यापी महामारीको सुरुवात गर्‍यो जसका कारण १ लाखभन्दा धेरै अमेरिकीले ज्यान गुमाउनु पर्‍यो । चार करोड डलर दिने चीनसँग मिलेर ४५ डलर दिने अमेरिकालाई विश्व स्वास्थ्य संगठनलेले धोका दिएको ट्रम्पको आरोप छ ।

चीनले सुरुमा कोराना भाइरसबारे विश्वलाई गुम्राहमा राखेको र यस कार्यलाई विश्व स्वास्थ्य संगठनले साथ दिएको आरोप ट्रम्पले शुक्रबार पनि दोहोर्‍याउनुभयो । ‘हामीले भनेका थियौं की विश्व स्वास्थ्य संगठन सुध्रिन जरुरी छ, तर ऊ उध्रिन मानेन’ ट्रम्पले भन्नुभयो । शुक्रबारको पत्रकार सम्मेलनमा हङकङको सवाल समेत उठाएर चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको थियो ।

अमेरिका डब्ल्यूएचओको स्थापनाकाल देखिकै सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्दै आएको थियो । डब्ल्यूएचओको स्थापना सन् १९४८ मा भएको हो । २०१९ को डिसेम्बरको अन्त्यमा चीनको युहानबाट एक माछा एक बजारबाट कोरोना भाइरस संक्रमण फैलिएको थियो । तर अमेरिकाले चीनको कुनै ल्याबबाट भाइरस फैलिएको आरोप लगाउदै आएको छ । विश्व स्वास्थ्य संगठनले भाइरस मानव निर्मित नभई प्राकृतिक रहेको बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्