बाँदरहरुले कोरोनाको नमुना लुटे



नयाँदिल्ली, (एजेन्सी) ।

एक बथान बाँदरले भारतको मिरुत मेडिकल कलेजका बिरामीहरुको कोभिड १९ परिक्षण नमुना बोकिरहेका प्रयोगशालाका एकजना प्राविधिक माथि सोही परिसरमा आक्रमण गरेको छ । ति बाँदरले नाम नखुलाइएका प्राविधकले हातमा लिइरहेको तीनजना बिरामीको परिक्षण नमुना लिएर भागेका छन् ।

यस अप्रत्यासित घटना घटेको केहि समयपछि एउटा बाँदरलाई त्यहिं नजिकको एउटा रुखमाथि बसेर नमुना संकलन गरिएको उपकरण चपाउँदै गरेको अवस्थामा फेला पारिएको थियो ।

ति सम्बन्धीत बिरामीहरुको पुन नमुना संकलन गरिएको थियो । ति बाँदरहरुले अस्पताल नजिकको आवासिय क्षेत्रमा नमुना संकलन लिएर भागेकाले कोराना भाइरस झन तिव्र रुपमा फैलिन सक्ने भन्दै स्थानिय वासिन्दा निकै आतंकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्