कोभिड १९ को मृत्युको छायाँमा अन्य रोग



न्युज अफ नेपाल,काठमाडौं ।

एकातिर कोविड १९ महामारी दिन प्रति दिन फैलिरहेको छ भने अर्को तिर सन्चार माध्यमहरु आफनो सम्पुर्ण बल लगाएर यसको क्षतिको आंकडा निकाल्नमा लागिपरेका छन् । उनीहरु यस महामारीको चित्रण जसरी गरिरहेका छन्, त्यसले अत्यन्तै भयावह स्थिति ल्याउन सकिने अनिश्चित लकडाउन न्यायोचित हो भन्ने ठहर गरिरहेको छ ।

सम्भवत उनीहरु यसले निम्त्याउन सक्ने भविष्य प्रति यो पटक्कै सचेत छैन ।उपचार नभएको अवस्थामा कोरोनालाई छल्न सक्ला, सायद यो सम्भव हुन पनि सक्छ । तर सबै कुरा गुमाएर यो उपलब्धी हासिल हुनु भनेको अमर हुनु पनि होइन । यसको अर्थ आवश्यक सावधानी पनि नअपनाउनु भने अकर्मन्यता र मुर्खता हो ।

निश्चित रुपमा कोविड १९ महामारीसँगै कयौं देशको स्वास्थ्य संरचना धरासायी भइरहेको समाचार आइरहेको छ । दिर्घ तथा जटिल रोगका बावजुद विरामीहरु कोरोना भाइरसको आतंकले आवश्यक स्वास्थ्य सेवा लिनबाट बन्चित हुन बाध्य भइरहेका छन ।

विश्वमा अहिले अन्य कारणबाट मृत्यु भइरहेकाहरुको आंकडा कोविड १९ को छायामा परेको छ । यसको अर्थ कोविड १९ प्रकोप बाहेक अन्य कारणबाट हुने मृत्यु कम भएको छ वा भएकै छैन भन्ने होइन । यद्यपी कतिपय देशमा सबै प्रकारको मृत्युलाई कोविड १९ सँग जोड्ने गरेको छ । अमेरिका लगायत कयौं युरोपेली देशको स्वास्थ्य नितिका कारण सबै प्रकारको मृत्यु कोविड १९ बाट भएको मृत्यु आंकडामा जोड्ने गरिरहेको तथ्य बाहिर आइरहेको छ ।

यद्यपी यसको स्वतन्त्र पुष्टी भने भएको छैन । त्यसैले कुनै पनि आधार नटेकि अहिलेको मृत्यु आंकडाको विश्लेषण गर्नु कठिन हो । कोरोना भाइरसबाट कहाँ कति मरेका छन् भन्ने यकिन आंकडा भविष्यमा आउन पनि सक्ला, तर यो धेरै जटिल हुने पक्का छ ।

कोविड १९ बाट भएको मृत्युको सही संख्या थाहा पाउन करिब असम्भव जस्तै बनेको अवस्थामा केही देशको दैनिक मृत्यु दर विगतमा कुनै निश्चित अवधिको औषत भन्दा ५० प्रतिशत भन्दा बडी देखिएका छन् ।यथार्थमा कोरोना भाइरसका कारण विश्वब्यापी प्रतिदिनको मृत्यदर हजारौंमा गणना भइरहको छ तर यो कुनै अन्य कारणबाट हुने मृत्युदरको तुलनामा धरै वा थारै के हो भन्ने प्रश्न उठ्न थालेको छ ।

सन् २०१७ मा प्रकासित पछिल्लो एक विस्तृत शोध अनुसार विश्वभरी प्रतिदिन करिब १ लाख ५० हजारको मृत्यु हुन्छ । यसमा सबैभन्दा धेरै ह्र्रदय रोगका कारण ४८ हजार ७ सय ४२ मृत्यु हुने गरेको देखियो । त्यसैगरी क्यान्सरबाट २६ हजार १ सय ८१ स्वास प्रस्वास सम्बन्धी रोगले १० हजार ७ सय २४ , डिमेन्सियाबाट ६ हजार ८ सय ८९ को औषत मृत्यु हुने गरको देखाएकोे छ ।

त्यसैगरी पाचन सम्बन्धी रोगले ६ हजार ५ सय १४, गर्भावस्थामा हुने गडबडीले ४ हजार ८ सय ८७ , झाडा पखालाले मात्र ४ हजार ३ सय, मधुमेहबाट ३ हजार ७ सय ५३ र कलेजो सम्बन्धी रोगबाट ३ हजार ६ सय २४ को मृत्यु भएको देखिन्छ । किड्नी सम्बन्धी रोगबाट ३ हजार ३ सय ७० र क्षयरोगबाट ३ हजार २ सय ४३ को प्रतिदिन मृत्यु हुने गरेको छ । सडक दुर्घटनामा घाइते भइ मर्नेको संख्या ३ हजार ४ सय ६ रहेको छ ।

त्यसैगरी एचआइभी एडसबाट २ हजार ६ सय र मलेरियाबाट १ हजार ७ सय को औषत मृत्यु हुने गरेको छ भने प्रतिदिन २ हजार १ सय ७५ आत्महत्याका कारण मृत्यु हुन्छ । यस आंकडाले मृत्युको प्रमुख कारण मुटु सम्बन्धी रोग तथा समस्या हो भन्ने देखाउँछ । यद्यपी, यो प्रमुख समस्यामा नत हाम्रो धारणा प्रतिविम्बित भएको छ नत सन्चार माध्यम नै संवेदनशिल छ । ]

सन् २००४ मा एचआइभी एडस मृत्युको प्रमुख कारण रह्यो त्यसले अझै पनि धरैलाई प्रभावित पारिरहेको छ । यो रोग अहिले पनि औषतमा प्रतिदिन २ हजार ६ सयको मृत्युको कारण बनिरहेको छ । आतंकवाद र प्राकृतिक प्रकोप तुलनात्मक रुपमा अत्यन्तै थोरै मृत्युको कारण हुने गरेको छ ।

सन् २०१७ को यो आंकडाले चीनमा प्रतिदिन २८ हजार ३६ र भारतमा २५ हजार २ सय ७०को औषत मृत्यु हुने गरेकोे देखाएको छ । चीन र भारत विश्वकै धेरै जनसंख्या भएको देश भएकै कारण पनि औषत मृत्यु बढी देखिएको हो ।अमेरिकामा यो दर ७ हजार ५ सय ६६ रहेको छ भने रुसमा ५ हजार १३ रहेका देखाइएको छ । यद्यपी आंकडा अनुसार रुसको प्रतिदिन १० लाखमा ३४ दशमलव ७ जनाको मृत्यु जनसंख्याको समानुपातिक आधारमा अन्य कुनै पनि देशको भन्दा धेरै बढी हो ।

यी सबै निरन्तर अध्ययन र धेरै ठुलो आंकडाका आधारमा निकालिएका तथ्यहरु हुन् । अर्को तीर डब्ल्युएचओले कोविड १९ लाई २०२० मार्च ११मा महामारी घोषणा गरेदेखि प्रतिदिन हुने मृत्युदर २ सय ७२ देखि १० हजार ५ सय २० को बीचमा झरेको देखियो । भविष्यमा के हुन सक्छ भन्न सकिने अवस्था छैन ।

सन् २०२० फेब्रुअरी १५ मा अमेरिकामा कोविड १९ को पहिलो संक्रमित देखिएपछि मे २१ सम्ममा कोरोना भाइरसका कारण अमेरिकामा औषत दैनिक ९ सय ९३ जनाको मृत्यु भएको छ । सन् २०१९ को आंकडा अनुसार अमेरिकामा सबै प्रकारका कारण दैनिक मर्नेको संख्या करिब ८ हजार छ । सन् २०१८ र २०१९ को अक्टोबर देखि अप्रिलको इन्प्mलुएन्जा अवधिमा यस इन्फ्लुएन्जाका कारण दैनिक औषत १ सय ६१ जनाको मृत्यु भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्