भद्रपुरमा एकजना कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल,भद्रपुर ।

भद्रपुरका ३७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । भद्रपुर १० स्थित कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए । पुरुष भद्रपुर ५ का हुन् । भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो ।

क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो । पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिनुभयो ।

भद्रपुरमा आएका उनलाई क्वारेनटाइनमा लगेर राखिएकोले वडामा सङ्क्रमण फैलिने त्रास नरहेको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिनुभयो ।बिहीबार मात्रै झापामा २६ जना सङ्क्रमित थपिएका छन् । कचनकवलमा २५ र भद्रपुरमा एक जना थपिएका हुन । यो सँगै झापामा कोरोना सङ्क्रमितको सङ्ख्या ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्