१९ वर्षे युवामा कोरोना संक्रमण



घनश्याम बगाले, नवलपरासी ।

भारतसंग सिमा जोडिएको पूर्वी नवलपरासीमा विहिबार एक पुरुषमा कोभिड १९ संक्रमण देखा परेको छ । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ पुगेको हो । संक्रमित युवाको स्वाव परीक्षण भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको थियो ।

संक्रमित देवचुली नगरपालिका १ का १९ वर्षीय युवा रहेको कोरोना विशेष अस्थाई अस्पताल भरतपुरले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका अनुसार संक्रमति युवा भारतको हरिद्धारबाट आएकाहुन् ।

हरिद्धारबाट जेठ ८ गते हिडेका युवा गौरीफन्टा नाकाहुदै नेपाल प्रवेश गरी १० गतेबाट नगरकै क्वारेन्टाईनमा बसेका थिए । सामान्य स्वास्थ्य अवस्था रहेका युवालाई जिल्ला स्वास्थ्य कार्यालयले उपचारार्थ कोरोना विशेष अस्थाई अस्पतालको आईसोलेशनमा राखिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्