लकडाउनलाई रोमान्टिक बनाउन छैन मलाई पिर



कोरोना संक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनको समयलाई रोमान्टिक बनाउन गायक सञ्जीव पराजुलीले म्युजिक भिडियोसहित माया प्रेमको गीत छैन मलाई पिर सार्वजनिक गरेका छन्।
दीपक शर्माको शब्द र संगीत रहेको डान्सिङ नम्बरको यो गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सञ्जीव पराजुली, सुनीता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन्। गीतमा मोहित मुनालको एरेन्ज छ ।
ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतको भिडियोमा कुसुमलाई मनमनै मन पराएर उनीसँग नाचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसंग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सञ्जीवसँग हुन्छ। भिडियोमा सञ्जीव र नाजिरलाई दाजुभाइका रूपमा प्रस्तुत गरिएको छ। एलिन श्रेष्ठद्वारा निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश वज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ। यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

खेल समाचार

प्रतिक्रिया दिनुहोस्