रुकुमपश्चिम घटनाका दोषीलाई कार्वाही गर्न दलित संघ कास्कीको माग



न्युज अफ नेपाल,कास्की ।

रुकुम पश्चिममा भएको जातिय बिभेदको घटनामा संलग्नलाई कडा भन्दा कडा कार्वाही गर्न नेपाल दलित संघ कास्कीले माग गरेको छ । जाजरकोट रानागाँउका नवराज विकले रुकुम पश्चिम चौरझारीकि सुष्मा मल्ल बिछ अन्तरजातीय विवाह गर्न खोज्दा जनप्रतिनिधि सहित गाउँलेले नै कुटपिट गरि मृत्युु भएको भन्दै बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कार्वाहिको माग गरेको हो ।

विक र मल्ल बिछ लामो समय देखि प्रेम सम्बन्ध रहेको र विवाहको लागी केटाको तर्फबाट माग्न जादाँ रुकुम पश्चिम चौराझारी नगरपालीका वडा ८ का वडा अध्यक्ष डम्मर मल्ल सहित गाउँलेहरुले विक सहित ३ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता रहेका छन । जन प्रतिनिधि तथा गाउँलेहरुले कुटपिट गरि ज्यान जोगान भेरी नदिमा हाम फाल्दा ३ जनाको शव भेटिएको हो भने ३ जना बेपत्ता भएका छन ।

विक सहित उनी संगै गएका गणेश बिढा र टिकाराम सुनारले समेत ज्यान गुमाएका थिए । घटना प्रती दलित संघको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । २१ औ शताब्दीमा समेत दलित समुदायले अन्तरजातीय प्रेम विवाह गर्न खोज्दा ज्यानै गुमाउने प्राकृतिको घटना हुनु निन्दनीय रहेको बताइएको छ ।

‘नेपालको संविधान र विध्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदै सम्मको कार्वाही गरि पिडितलाई न्याय, क्षतिपूर्ति र सामाजिक सुरक्षाको व्यवस्था गर्न नेपाल दलित संघ कास्की सरकार समक्ष जोडदार माग गर्दछझ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्