सेना परिचालन गर्न कर्णाली सरकारद्वारा अनुमतिका लागि केन्द्र सरकारलाई अनुरोध



न्युज अफ नेपाल,सुर्खेत ।

भारतबाट फर्किरहेका नागरिकको उचित व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले सेना परिचालनको अनुमति माग गरेको छ। भारतबाट आउने नागरिकको उद्धार तथा क्वारेन्टाइन व्यवस्थापनमा समस्या हुने भन्दै सेना परिचालनको स्वीकृति लागि संघीय सरकारसंग अनुरोध गर्ने निर्णय गरेको सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्।

भारतबाट आएका नागरिकमध्येमा संक्रमण देखिएको छ। जसले गर्दा पनि प्रदेशमा महामारी फैलिन सुरु गरेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सुरक्षासम्बन्धी अन्य कार्यहरुमा खटिरहेको भन्दै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्य प्रभावित हुने हुँदा सेनालाई परिचालन गर्न लागिएको जनाएको छ।

ठूलो सङ्ख्यामा नागरिक भित्रिएकोले महामारी फैलिने त्रास बढेको छ । हालसम्म कर्णालीमा भारतबाट आएका २३ जनामा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्