स्वास्थ्य मन्त्री ढकाल होम क्वारेन्टाईनमा



न्यूज अफ नेपाल,काठमाडौं ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै होम क्वारेन्टाइनमा बस्नुभएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत हेटौडा ४ हुप्राकि एक महिलालाई बुधबार भेट्न मन्त्री ढकाल अस्पताल पुग्नुभएको र विहिवार उहाँलाई कोरोना संक्रमणको आशंका गरि नमूना परिक्षण गरेसँग मन्त्री ढकाल स्वास्थ्य मन्त्रालय नआई होम क्वारेन्टाइनमा बस्नुभएको मन्त्रालयले स्रोतले जनाएको छ ।

उपचाररत महिलाको शनिवार रिपोर्ट पोजेटिभ आएकाले हाल त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेको आईसुलेसन वार्डमा उपचार भैरहेको छ ।

मन्त्री ढकालको यस अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ रिपोर्ट आए लगत्ते पनि पिसिआर परिक्षण गरिएको थियो र आज मंगलबार पुनः स्वाब संकलन गरिएको छ । रिपोर्ट आजै बेलुका सम्म आउछ, रिपोर्ट आएपछि मात्र मन्त्री ढकालको आगामी कार्यक्रम तय हुने मन्त्रालय स्रोतले जनाएको छ ।

मनमोहन कार्डियोमा उपचाररत महिला मन्त्रीको आफन्त पर्ने भएकाले कोरोना पुष्टि हुनु ३ दिनअघि भेट्न जानुभएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्