नुवाकोटका बामपन्थी नेता अर्जुन भण्डारीको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

नुवाकोटका बामपन्थी आन्दोलनका धरोहर अर्जुन भण्डारीको निधन भएको छ ।

उनको नुवाकोटको तुप्चेस्थित घरमा सोमबार राति निधन भएको हो । भण्डारी केही समययता नसासम्बन्धी रोगले ग्रस्त थिए ।

काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचाररत उनको स्वास्थ्यमा सुधार नहुने देखिएपछि उनकै इच्छा अनुसार उनलाई सोमबार एम्बुलेन्समामार्फत तुप्चे लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्